मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:४१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से ५ असोजमा खुल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:४१:oo

सेयर बजारको कारोबार आगामी २ असोजसम्म बन्द रहने भएको छ । स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सूचना जारी धितोपत्र बोर्डको स्वीकृतिमा २९ भदौदेखि २ असोजसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जनाएको हो । ३ र ४ असोज शुक्रबार र शनिबार पर्ने भएकाले नेप्से आइतबार मात्रै खुल्नेछ ।

‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० (१, घ) बमोजिम नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार २९ भदौदेखि २ असोजसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ नेप्सेले जारी गरेको सूचनामा भनिएको छ ।

जेन–जी प्रदर्शनका कारण मंगलबार, बुधबार र बिहीबार तीन दिन नेप्से कारोबार बन्द थियो । शुक्रबार र शनिबार नियमित बिदा भएकाले आइतबारबाट सेयर कारोबार खुल्ने लगानीकर्ताको अपेक्षा थियो ।

तर, अस्थिर र तरल राजनीतिका कारण लगानीकर्ताको मनोबल खस्कन गई बजारमा नकारात्मक असर पर्न सक्ने जोखिम रहेकाले बजार बन्द हुने अवधि लम्बाइएको नेप्से अधिकारीहरूको तर्क छ । त्यस्तै पुँजी बजार सम्बन्धी संगठन सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई तत्काललाई बजार स्थगन गर्न ज्ञापनपत्र बुझाएका थिए ।