
गत सोमबार र मंगलबार भएको जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहणका क्रममा मुख्यसचिव एकनारायण अर्यालले हालसम्म ७२ जनाको मृत्यु भएको बताएका छन् । उनले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
यस्तै, मुख्यसचिव अर्यालले अब युवाको भावना समेटेर काम गर्नका लागि पनि कर्मचारीहरूलाई आग्रह गरेका छन्। उनले जलाइएका संरचना क्रमशः निर्माण हुँदै जानेसमेत जानकारी गराए।