मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:२७:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सामान्य बन्दै जनजीवन : सरकारी कार्यालय र शिक्षण संस्था खुल्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२७:oo

भ्रष्टाचारविरोधी आन्दोलनको चार दिनपछि काठमाडौं उपत्यकासहितको जनजीवन सामान्य बन्दै गएको छ । शुक्रबार अन्तरिम सरकारकी प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको मिति तोकिएपछि देशको अवस्था सहज बन्दै गएको हो । 

शनिबारदेखि उपत्यकामा कर्फ्यु हटाएपछि बजार खुलेका छन् भने सार्वजनिक यातायातसमेत फाट्टफुट्ट चल्न थालेका छन् । सवारीसाधनको चाप बढेसँगै सडकमा ट्राफिक प्रहरी पनि खटिएका छन् । सडकमा सर्वसाधारणको भिड बढेको छ । उपत्यकाका तीनै जिल्लामा शनिबारदेखि कर्फ्यु हटाइएको छ । तर, निश्चित क्षेत्रमा निषेधाज्ञा छ । 

आइतबारदेखि सरकारी कार्यालयबाट पनि सेवा सञ्चालन गर्ने तयारी छ । ठुलो क्षति नभएका सरकारी कार्यालयबाट सेवाप्रवाह गर्न लागिएको छ । क्षति भएका कार्यालयमा सरसफाइ र वैकल्पिक व्यवस्था गर्न लागिएको छ । सर्वाेच्च अदालतले पनि आइतबारदेखि बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटको सुनुवाइ गर्ने निर्णय गरिसकेको छ । 

आन्दोलनपछि बन्द देशभरिका शैक्षिक संस्था आइतबारदेखि खुल्ने भएका छन् । अवस्था सामान्य हुँदै गएपछि विद्यालय, कलेज तथा विश्वविद्यालयले पठनपठान अघि बढाउन लागेका हुन् । यद्यपि, क्षति पुगेका शैक्षिक संस्थामा भने केही दिन लाग्ने अवस्था छ । 

काठमाडौं महानगरपालिकाले पनि आइतबारदेखि शैक्षिक संस्था खोल्ने र सोमबारदेखि पठनपाठन गर्ने निर्णय गरेको छ । आइतबार शैक्षिक संस्था सफा गर्ने र सोमबारदेखि विद्यार्थीलाई मनोसामाजिक परामर्शसँगै अध्ययन–अध्यापन गर्न महानगरपालिकाले निर्देशन दिएको छ ।