
आन्दोलनको क्रममा जलाइएको काठमाडौंको प्रहरी प्रभाग नेपालटार दुई दिनमै मर्मत गरिएको छ । स्थानीयको सहयोगमा शनिबार सरसफाइ र रंगरोगन गरी कार्यालय बस्न मिल्ने बनाइएको छ।
स्थानीयले आफ्नो दायित्व ठानेर प्रहरी कार्यालय मर्मत गरेका हुन् । स्थानीय बासिन्दा रहेका वरिष्ठ सइ सन्तोष कार्कीका अनुसार शान्तिसुरक्षा आफूहरू सबैको सरोकार भएकाले नागरिककै सहयोगमा प्रहरी कार्यालय मर्मत गरिएको हो। ‘अहिलेको अवस्थामा शान्तिसुरक्षामा चुनौती बढेको छ,’ उनी भन्छन्, ‘प्रहरीलाई कार्यालयमा फर्काउन हामीले कार्यालय सफाइ गरी रंगरोगन गरेका हौँ।’