मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २८ शनिबार ११:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जेन–जी आन्दोलनबारे विज्ञको धारणा : अर्थतन्त्रका लागि ‘कोर्स करेक्सन’को अवसर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २८ शनिबार ११:o७:oo
  • नयाँ पुस्ताले भ्रष्टाचारविरुद्ध गरेको आह्वानमा मानिसहरू एकसाथ जाग्नु उपलब्धि भएको टिप्पणी, फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टबाट नेपाललाई निकाल्ने अवसरका रूपमा सदुपयोग गर्न सुझाव

भ्रष्टाचार छानबिनको माग राखेर जेन–जीले गरेको आन्दोलनबाट मुलुकले भौतिक रूपमा उल्लेखनीय क्षति व्यहोरे पनि अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रमा आशा जगाउँदै ‘कोर्स करेक्सन’को अवसर भएको अर्थतन्त्र क्षेत्रका जानकारहरूले टिप्पणी गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक भर्चुअल अन्तक्र्रियामा पूर्वअर्थसचिव रामेश्वर खनालले जेन–जीको प्रदर्शन बेथिति, कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले यो समयलाई कोर्स करेक्सनका रूपमा सदुपयोग गर्नुपर्ने बताए । उनले भ्रष्टाचारविरुद्ध मुलुकभरबाट मानिसहरू एकसाथ जाग्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । ‘नयाँ पुस्ताको नेतृत्वमा मुलुकभरबाट भ्रष्टाचारविरुद्ध मानिसहरू एकसाथ जाग्नु हाम्रा लागि उपलब्धि हो । संविधान संशोधनलगायतका विषय पछि जोडिएका हुन्,’ उनले भने, ‘अब यो अवसरलाई सदुपयोग गर्दै सरकारले पुनर्निर्माण, नयाँ लगानीको अवसर सिर्जना र लगानीकर्ताको आत्मविश्वास बढाउनुपर्ने विषयलाई प्राथमिकता दिनुपर्छ ।’

पूर्वसचिव खनालले अन्य मुलुकको तुलनामा नेपाल छिटो ‘रिकभर’ गर्ने मुलुक भएको उल्लेख गर्दै प्रदर्शनको तेस्रो दिनमै स्थिरतातर्फ उन्मुख हुनु मुलुकका लागि सकारात्मक पक्ष भएको बताए । अर्थशास्त्री डा. समीर खतिवडाले जेन–जी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको टिप्पणी गरे । ‘जेन–जी प्रदर्शनले ‘क्रोनी क्यापिटालिजम’लाई भत्काउने प्रयास गरेको छ । नयाँ पुस्ताले सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ,’ उनले भने, ‘यो फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे लिस्टबाट नेपाललाई निकाल्नका लागि प्राप्त भएको अवसर पनि हो ।’

खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्रमा अझै सम्भावना रहेको बताए ।  अबको अर्थतन्त्रमा खुला, पारदर्शी, स्वतन्त्र नीति अपनाउन उनले सुझाव दिए ।