
उदयपुरमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार उदयपुरगढी गाउँपालिका–७ की २२ वर्षे विमा राईको सोही स्थानको पौवाखोलाले बगाउँदा मृत्यु भएको हो ।
उनले भने, ‘घटना हिजो साँझको हो । पानी परेको समयमा खोलामा जाँदा आएको बाढीले बगाउँदा उनि वेपत्ता भएकी थिइन् । उनको शव पनि गए राती नै भेटिएको थियो ।’