मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
२o८२ भदौ २७ शुक्रबार १o:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नवलपुरमा कर्फ्यु हट्यो, जनजीवन सामान्य बन्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार १o:o२:oo

जेन–जी आन्दोलनका कारण लागेको कर्फ्यु नवलपुरमा आजबाट हटेको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले आज एक सूचना जारी गर्दै कर्फ्यु हटेको जनाएको छ । 

नवलपुर जिल्लामा लागू भएको कर्फ्यु आज बिहान ७ बजेबाट हटाइएको प्रशासनले जनाएको छ । कर्फ्यु हटेसँगै बजार बिस्तारै खुल्न थालेको छ भने यहाँको जनजीवन बिस्तारै सामान्य बन्दै जान थालेको छ । 

कर्फ्यु हटे पनि निषेधाज्ञा भने जारी रहेको सूचनामा जनाइएको छ । निषेधाज्ञाको समयमा पाँचजनाभन्दा बढी जम्मा भई धर्ना, जुलुस, र्‍यालीजस्ता कुनै पनि गतिविधि गर्न नपाइने जनाइएको छ ।