मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:४९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पशुजन्य पदार्थ ढुवानीमा सहजीकरण गर्न आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:४९:oo

पशुसेवा विभागले देशभित्र उत्पादन भएका पशु तथा पशुजन्य पदार्थ ढुवानी गर्ने क्रममा राजमार्गहरूमा सिर्जित समस्या समाधानका लागि सहजीकरण गर्न आग्रह गरेको छ ।

एकदिने चल्ला, अन्डा, पशुपक्षी, दुध, माछा, मासु तथा पशुपक्षीको दाना र दानाका कच्चा पदार्थलगायतको ढुवानीमा अवरोध भइरहेको गुनासो व्यवसायीले विभागमा गरेकाले समाधानका लागि आग्रह गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

‘व्यवसायीहरूले यस विभागमा अनुरोध गरेको सन्दर्भमा अति संवेदनशील कृषिजन्य उत्पादनहरू निर्धारित समयभित्र गन्तव्यमा पुयाउनुपर्ने अन्यथा नष्टसमेत हुने देखिएकाले सर्वसाधारण किसानको हितलाई ध्यानमा राखी निर्बाध रूपमा देशैभरि ओसारपसार हुन आवश्यक सहयोग तथा सहजीकरणका लागि अनुरोध छ,’ विभागले विज्ञप्तिमार्फत भनेको छ ।