मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ भदौ २७ शुक्रबार १४:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपा कञ्चनपुर सभापति विष्टले त्यागे पार्टी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार १४:३३:oo

राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरका पार्टी सभापति पदम विष्टले पार्टी परित्याग गरेका छन् । रास्वपा कञ्चनपुरका संस्थापक सभापति (प्रमुख) विष्टले पार्टी परित्याग गरेका हुन् । तीन वर्षदेखि रास्वपा जिल्लाको प्रमुख जिम्मेवारीमा रहेका विष्टले पार्टीको साधारण सदस्यसमेत नरहने गरेर पार्टी परित्याग घोषणा गरेका छन् । 

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सभापति विष्टले आजैका मितिदेखि लागू हुने गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । १५ साउन ०७९ महेन्द्रनगरमा पार्टी सभापति रवि लामिछानेकै उपस्थितिमा रास्वपा कञ्चनपुरको पहिलो जिल्ला भेलाबाट विष्टलाई सभापति बनाइएको थियो । 

 गत वर्ष ११ पुस ०८१ बेलौरीमा सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनबाट विष्ट नै सभापतिमा दोहोरिएका थिए । सहकारी काण्डमा कांग्रेस, एमाले नेतृत्वको सरकारले २ कात्त्तिक ०८१ देखि पार्टी सभापति लामिछानेलाई पक्राउ गर्दै विभिन्न जिल्लामा मुद्दा चलाएपछि जिल्लामा हस्ताक्षर अभियान सञ्चालन गरेका विष्टले जेन–जी आन्दोलनपछि पार्टी  परित्याग गरेको घटनाले राजनीतिक वृत्तमा महत्त्व राखेको छ । 

०४६ सालदेखि राजनीतिमा जोडिएका विष्ट दुई दशक वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए । ‘म यो निष्कर्षमा पुगेको छु कि, भ्रष्टाचार, दण्डहीनता र वैमनस्यताको जरा हामी आफैँमा छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सबैले आफूलाई भित्रैबाट सुधार्न सुरु गरे भने समाज आफैँ सुधारिन्छ ।’