मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
Invalid date format o९:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चोरी डकैतीकाे सम्भावना बढेसँगै स्थानीयले गरे रातमा गस्ती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:३९:oo

बर्दियाको बढैयाताल गाउँपालिकाका स्थानीय तथा व्यापारीले रातमा गस्ती सुरु गरेका छन्। जेन–जी आन्दोलनका कारण सुरक्षा चुनौती बढेसँगै रातमा चोरी तथा लुटपाटको घटना हुन सक्ने भन्दै स्थानीय तथा व्यापारीले रातमा गस्ती सुरु गरेका हुन् ।

जेन–जी आन्दोलनको असर बर्दियामा समेत परेको छ । आन्दोलनकारीले गुलरिया नगरपालिका, नेपाली कांग्रेसको पार्टी कार्यालय, नेपाल कम्युनिस्ट पार्टी ( एमाले)को पार्टी कार्यालय र पूर्वमन्त्री एवं सांसद सञ्जयकुमार गौतमको घरमा समेत आगजनी गरेका छन्। जिल्ला प्रशासन कार्यालय बर्दियाले  सुरक्षालाई मध्यनजर राख्दै कर्फ्यु र निषेधाज्ञा जारी गरेको छ । 

देशको पछिल्लो विकसित घटनाक्रमसँगै गाउँ–समाजमा गलत नियत बोकेका व्यक्तिहरू रातको समयमा आएर चोरी डकैती तथा लुटपाट गर्न सक्ने सम्भावनालाई ख्याल गरेर मैनापोखरका स्थानीय तथा व्यापारीले रातमा गस्ती सुरु गरेको स्थानीय व्यापारी ज्ञानेन्द्रराज पोखरेलले बताए। उनले भने, ‘गस्ती टोलीले रातको समयमा विनाकाम हिँडडुल गर्ने व्यक्ति फेला परेमा नियन्त्रणमा लिई प्रहरी तथा नेपाली सेनालाई  बुझाउनेछ।’

देशमा भइरहेको उथलपुथल गर्दा अराजक गतिविधि तथा लुटपाट, चोरी डकैती  हुन सक्ने सम्भावना देखिएकाले अवस्था सामान्य नहुँदासम्म रातको समयमा घरबाहिर जानुपर्दा गस्ती टोली तथा प्रहरीसँग अनुमति लिएर मात्र निस्कन स्थानीयलाई अनुरोध गरेको मैनापोखर बजार व्यवस्थापन  समितिका अध्यक्ष टीकाराम कोइरालाले बताए । उनले भने, ‘अहिले अवस्था सामान्य नहुँदासम्म पालैपालो स्थानीय र व्यापारीले गस्ती गर्नेछौँ ।’