मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २६ बिहीबार १२:१३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिमा कम्पनीलाई घरबाटै सेवा सञ्चालन गर्न बिमा प्राधिकरणको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार १२:१३:oo

नेपाल बिमा प्राधिकरणले हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै बिमा कम्पनीहरूलाई घरबाटै कार्य सञ्चालन गर्न आग्रह गरेको छ ।

प्राधिकरणले बुधबार जारी गरेको सूचनामा देशभर रहेका बिमा कम्पनीका शाखा तथा उपशाखा कार्यालयबाट हुँदै आएको कार्यलाई सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्मका लागि ‘वर्क फ्राम होम’ मार्फत अघि बढाउन अनुरोध गरिएको छ ।

साथै, कर्मचारी तथा भौतिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूको आदेश पूर्ण रूपमा पालना गर्न र कुनै अवाञ्छित गतिविधि देखापरेमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न बिमा कम्पनीहरूलाई विशेष आग्रह गरिएको प्राधिकरणले जनाएको छ ।