मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
२o८२ भदौ २६ बिहीबार १५:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्राफिक कार्यालय जलेश्वरमा अज्ञात समूहद्वारा आगजनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार १५:५६:oo

ट्राफिक कार्यालय जलेश्वरमा अज्ञात समूहले आगजनी गरेको छ। आज अपराह्न कार्यालयमा कोही नभएको मौका छोपी केही युवकको समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्रकुमार भट्टले बताए।

आगजनी गर्नेको पहिचान नभए पनि तत्काल उनीहरूको खोजीकार्य भइरहेको बताउँदै उनले अनुसन्धान अघि बढेको बताए। आगजनीबाट केही कागजात, टेबल र कुर्सीलगायतका सामग्री जलेका छन्।