मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
दीपक भट्ट रामेछाप
२o८२ भदौ २६ बिहीबार o९:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछाप कारागारमा गोली चल्यो, तीन कैदीबन्दीको मृत्यु, १५ घाइते

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार o९:o३:oo

जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दी कारागारको गेट तोडेर भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको छ। गोली लागेर तीन कैदीबन्दीको मृत्यु भएको छ भने १५ जना  कैदीबन्दी घाइते भएका छन् । 

बिहीबार बिहान कारागारभित्र रहेका सबै कैदीबन्दीले गेट तोडेर सामूहिक रूपमा बाहिर निस्कन खोजेपछि सेनाले कैदीबन्दीहरूलाई रोक्ने प्रयास गरेको थियो । तर, कैदीहरू भाग्न मूलगेटको ताला तोडेर बाहिर निस्केपछि सेनाले बाध्य भएर गोली चलाएको हो। गोली लागेर तीन कैदीबन्दीको मृत्यु भएको छ भने १५ कैदीबन्दीको हाल रामेछाप अस्पतालमा उपचार भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । 

कारागार कार्यालयमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले चारैतर्फ घेरा हाली सुरक्षा दिइरहेको छ । कारागारको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए। 

रामेछाप नगरपालिका– ८ रामेछाप बजारमा कारागार कार्यालय रहेको छ । कारागारमा ५० जनाको क्षमता भए तापनि अहिले विभिन्न अपराधमा तीन सयजना कैदीबन्दी सो कारागारमा कैदजीवन व्यतित गर्दै आएका छन् ।