
सोमबार भएको भ्रष्टाचारविरोधी प्रदर्शनमा अत्याधिक बल प्रयोग भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। सोमबार नै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामाअघि कांग्रेसको बैठकमा नेताहरुले उनको राजीनामा मागेका थिए। नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत नै उनको राजीनामा मागेका थिए।
कार्यकालभरी नै लेखक अनेक काण्डमा मुछिदै आएका थिए।