
जेनजीको प्रदर्शन नरोकिने स्थिति भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । बिहानदेखि सुरु भएको जेनजीको प्रदर्शन नरोकिने स्थिति भएपछि स्थानीय प्रशासनले सोमबार राति ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्मका लागि कर्फ्यु आदेश गरेको हो ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीका अनुसार पुर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उतरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट सम्म स्थानीय प्रशासन ऐन, ०२८ को दफा ६(क) बमोजिम महानगरपालिकाको यी क्षेत्रमा कर्फ्यु आदेश भएको हो । साथै, महानगरको यस क्षेत्रमा कुनै पनि प्रकारको भेला ,जुलुस ,प्रदर्शन ,सभा बैठक घेराउ गर्न नपाउने उनले बताए ।