मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै व्यक्तिमा तेस्रोपटकको मिर्गौला प्रत्यारोपण सफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४९:oo

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक पनि सफलताका साथ मृर्गौला प्रत्यारोपण गरी इतिहास रचेको  छ । आज भन्दा १२ दिन अघि मिति २०८२ भाद्र ९ गते सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री तथा सासद लक्ष्मण किशोर चौधरीको तेस्रोपटक सफलतापूर्वक मृगौला प्रत्यारोपण सम्पन्न गरिएको हो ।

सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मृगौलाले काम गर्ने गर्दछ तर विभिन्न कारणहरू जस्तै इम्युनोलोजिकल अस्वीकार, संक्रमण, क्रोनिक अलोग्राफ्ट नेफ्रोप्याथीलगायतका समस्याले पहिले प्रत्यारोपण गरिएको मृगौला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ । तर तेस्रो पटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुने, प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन समेत कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । बेलायतमा भने डा. पुकारले यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएको हुँदा नेपालमा पनि सम्भव भएको जानकारी गराए । 

चौधरी मिर्गौला प्रत्यारोपणकै लागि आफ्नो मन्त्री पद त्यागेर आएका हुन्। उनको पहिलो मृगौला प्रत्यारोपण भारतमा, वि सं. २०७२ मा दोस्रो र  हालको तेस्रो प्रत्यारोपण यसै केन्द्रमा डा. पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा भएकोे हो । मा. चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणाली अन्तर्गत गैर नातेदारबीच अंग साटासाट गरी गरिएको हो ।