मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २१ शनिबार २o:२७:oo
Read Time : < 1 मिनेट
समाचार

प्रेस चौतारी नेपालको नेतृत्व चयनप्रति एमाले विधान महाधिवेशन हलमा निर्वाचन आयोगले उठायो गम्भीर प्रश्न 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार २o:२७:oo

नेकपा एमालेको जारी दोस्रो विधान महाधिवेशनको छलफलमा प्रेस चौतारी नेपालको नेतृत्व चयनप्रति पार्टीकै केन्द्रीय निर्वाचन आयोगले गम्भीर प्रश्न उठाएको छ । 

विधानअनुसार चौतारीले महाधिवेशन सम्पन्न गर्नुपर्नेमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको औपचारिक जानकारी र उपस्थितिबिनै नेतृत्व चयन गरेको भन्दै आयोगले प्रश्न उठाएको हो । 

‘एमालेको जनसंगठन प्रेस चौतारी नेपालको १०औं केन्द्रीय महाधिवेशन, १०–१२ चैत ०८१ मा विराटनगरमा सम्पन्न भए पनि आयोजक कमिटीले उक्त अधिवेशनको सहजीकरण वा निर्वाचन सम्पन्न गर्नका लागि कुनै पत्र केन्द्रीय निर्वाचन आयोगमा प्राप्त हुन नआएको,’ अध्यक्ष विजय सुब्बाको प्रतिवेदनमा उल्लेख छ ।

महाधिवेशनमा एउटा ठूलो समूहलाई उम्मेद्वारी नै दर्ता गर्न नदिएर नेतृत्व चयन गरिएको भन्दै त्यतिबेलै पनि गम्भीर प्रश्न उठेको थियो । देशभरका करिब चार सयभन्दा बढी प्रतिनिधिहरूले निर्वाचनमार्फत नेतृत्व चयनको माग गर्दै महाधिवेशनस्थलमा हस्ताक्षरसमेत संकलन गरेका थिए । तर, यी सबै कुरामा कुनै सुनुवाई नै नगरी पार्टीको केन्द्रीय निर्वाचन आयोगको जानकारी र उपस्थितिबिनै महाधिवेशन सम्पन्न भएको कुरालाई आयोगको प्रतिवेदनले खुलासा गरेको छ ।

एमाले र सम्बद्ध जनसंगठनहरूमा आयोगको जानकारी र सहभागितामा मात्र नेतृत्व चयन हुने गर्छ । तर, त्यसविपरित नेतृत्व चयन भएको भन्दै महाधिवेशन हलमा पार्टीको आधिकारिक निकायले नै प्रतिवेदनमार्फत छलफलमा प्रश्न उठाएपछि वैधानिकतामाथि प्रश्न उठेको छ ।