मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 05 September, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्वजनिक खरिद ऐन संशोधन गर्छौँ : गृहमन्त्री लेखक

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १७:२१:oo

गृहमन्त्री रमेश लेखकले सार्वजनिक खरिद ऐन संशोधन गर्ने बताएका छन्। शुक्रबार महेन्द्रनगरमा निर्माण व्यवसायी संघ कञ्चनपुरको २८औँ वार्षिक साधारणसभा तथा १५औँ अधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सार्वजनिक खरिद ऐन, २०६३ संशोधन गरिने बताएका हुन्।

सार्वजनिक खरिद ऐनकै कारण आफूहरू समस्यामा परेको निर्माण व्यवसायीहरूको गुनासोमा गृहमन्त्री लेखकले समयसापेक्ष संशोधन हुनुपर्नेमा जोड दिएका हुन्। कांग्रेस नेतासमेत रहेका  गृहमन्त्री लेखकले एमाले, कांग्रेस नेतृत्वको सरकारले नीतिगत, कानुनी विषयमा सुधार गरेको बताए। 

गृहमन्त्री लेखकले निजामती, शिक्षा ऐनदेखि आमाको नागरिकताबाट नागरिकता पाउने प्रावधान कार्यान्वयनमा आएको बताए। अहिलेको सरकारले विगतका सरकारले निर्माण व्यवसायीहरूलाई दिन नसकेको भुक्तानीसमेत गरेको बताउँदै शान्तिसुरक्षा, अर्थतन्त्रसहित थुप्रै  सुधारका कार्यक्रम अघि बढेको बताए।

गृहमन्त्री लेखकले निर्माण व्यवसायीहरूलाई मात्रै दोष दिएर नहुने बताउँदै दुवै पक्षबाट कमी–कमजोरी भइरहेको बताए। ‘राष्ट्रिय रूपमै निर्माणको क्षमता अभिवृद्धि गर्नुपर्छ,’ उनले भने, ‘सरकारी र निजी क्षेत्रको क्षमता अभिवृद्धिविनै निर्माणको काम अघि बढ्न सक्दैन।’ निर्माण क्षेत्रमा सरकारले उधारोमा टेन्डर निकाल्ने त्यसपछि भुक्तानीमा समस्या हुने, अर्कातिर निर्माण व्यवसायीले पनि समयमै काम नगर्ने प्रवृतिले निर्माण क्षेत्र गिजोलिएको बताए।

पछिल्ला समयमा चेक बाउन्सका समस्या देखिएकाले यसको समेत सीमा तोकेर अघि बढ्नुपर्ने बताए।  गृहमन्त्री लेखकले समयमै गुणस्तरीय काम नगर्ने ठेकेदारमाथि कानुनी कारबाहीको चेतावनी दिएका छन्।

छुटाउनुभयो की ?