मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Friday, 05 September, 2025
डिलाराम भुसाल कपिलवस्तु
२o८२ भदौ १९ बिहीबार o९:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट शनिबार पनि राष्ट्रिय परिचयपत्र बनाउन पाइने

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार o९:५५:oo

सेवाग्राहीको अत्यधिक चापका कारण जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शनिबार पनि राष्ट्रिय परिचयपत्र बनाउने सेवा सञ्चालनमा ल्याउने भएको छ । आगामी शनिबार, भदौ २१ गतेदेखि सेवा सुरु हुने जानकारी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिलकुमार तामाङले बताए। उनका अनुसार पछिल्ला दिनमा परिचयपत्र बनाउन आएका सेवाग्राहीको भिड बढेपछि शनिबार पनि कार्यालय खोल्ने निर्णय गरिएको  हाे ।

राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि प्रशासन कार्यालयमा दैनिक सयदेखि डेढ सयभन्दा बढीले फारम भर्ने गरेका छन् ।  चाप व्यवस्थापन गर्न कार्यालयले हालसम्म दुई काउन्टरमार्फत सेवा दिँदै आएकोमा थप एक काउन्टर थपिएको  बताइएको छ । साथै सेवामा पारदर्शिता र सजिलो बनाउन टोकन प्रणाली पनि लागू गरिएको छ ।
प्रजिअ तामाङका अनुसार सेवाग्राहीलाई घामपानीमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन शनिबार सेवा दिने निर्णय भएको हो।  

नागरिकतादेखि राहदानीसम्मका काम अब छिटोछरितो रूपमा सम्पन्न भइरहेको छ । कपिलवस्तु प्रशासन कार्यालयले हाल महाराजगन्ज, बुद्धभूमि नगरपालिका, यशोधरा, मायादेवी र सुद्धोधन गाउँपालिकाका सेवाग्राहीलाई परिचयपत्र बनाउने सेवा दिँदै आएको छ। कार्यालयले जीर्ण अभिलेख डिजिटाइजेसनदेखि नागरिकताको प्रमाणपत्र, राहदानी र अन्य प्रशासनिक कामसमेत एकै ठाउँमा हुने भएकाले सेवाग्राहीको चाप निरन्तर बढिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रजिअ तामाङ आएपछि सेवाग्राहीले आफ्नो काम पहिलाभन्दा छिटो हुने गरेको अनुभव गरेका छन्। 
 

छुटाउनुभयो की ?