मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १८ बुधबार १३:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

८४ सालपछि अहिलेका सत्तापक्षीय नेताहरूको बोल्ने ठाउँ हराउँछ : सांसद ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार १३:३७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले ८४ सालपछि अहिलेका ठुला भनिएका नेताहरूको बोल्ने ठाउँ नहुने चेतावनी दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीले दुई मिनेट संसदमा बोलेको कुरालाई सत्तापक्षीय सांसदले ९५ दिनदेखि घण्टौँ प्रतिवाद गरेर समय खर्च गरेको आरोप लगाए ।

उनले आफूहरूले सिर्जनात्मक बहस गरिरहँदा सत्तापक्षीय सांसदहरू कर्कस, अराजक र असहिष्णु शैलीमा प्रतिवादमा उत्रिएको आरोप लगाए । उनले आफ्नो पार्टी राजनीतिक संस्कारमा देश निर्माणको सम्भावनामा लागेको बताउँदै उन्नत, सुदृद्ध र समृद्ध लोकतन्त्र कसरी बनाउन सकिन्छ भनेर लागेको बताए ।

उनले विरोधका आवाजलाई दमन गरेर लोकतन्त्र बलियो नहुने चेतावनी दिएका छन् । राणाकालमा विरोधीलाई गोली हान्ने, झुन्ड्याइदिने र मारिदिने गर्थे । बच्यो राणाशासन ? भनेर प्रश्न गरेका छन् । उनले लोकतन्त्र दलीयकरणको छायामा परेको भन्दै ८४ पछि लोकतन्त्र जुरुक्क उठ्ने बताए । दलीयकरणको सेपमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संवैधानिक आयोग र आमजनताकाे बोल्ने ठाउँ हुने र अहिलेका सत्तापक्षीय नेताहरूको बोल्ने ठाउँ हराउने दाबी गरे ।