
मन्त्रीलाई धम्की दिएको आरोपमा पर्सा प्रहरी नियन्त्रणमा रहेकी किरण साह अस्पतालमा भर्ना भएकी छिन् । स्वास्थ्यमा समस्या आएपछि बुधबार साढे ११ बजे नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
उनले भने, ‘केहीबेर अगाडि उनलाई अस्पतालमा पठाएका छौँ, के समस्या भएको हाे अस्पतालमा बुझ्नुपर्छ ।’