मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १६ सोमबार १४:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार १४:१२:oo

वैदेशिक रोजगारीका लागि सर्विया र रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका– ८ बस्ने बारा कोल्हवी नगरपालिका– ४ घर भएका २६ वर्षीय कार्तिककुमार चौधरी र काठमाडौं महानगरपालिका– १६ बस्ने इलामको इलाम नगरपालिका– १ घर भएका २८ वर्षीय मनोज दाहाल रहेका छन्।

पक्राउ परेकामध्ये कार्तिकले सर्विया पठाइदिन्छु भन्दै १६ जनाबाट ४२ लाख रूपैयाँ र मनोजले रसिया पठाइदिन्छु भन्दै एकजनाबाट आठ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको अभियोग छ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कार्तिकलाई ललितपुर महालक्ष्मी नगरपालिका– ८ बाट र मनोजलाई काठमाडौं महानगरपालिका– १२ बाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

छुटाउनुभयो की ?