मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १५ आइतबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १५ आइतबार १२:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रविलाई भेट्न नक्खु पुगे रास्वपाका रुपन्देही- ३ उपनिर्वाचनका आकांक्षी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १५ आइतबार १२:२८:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रूपन्देही– ३ का आकांक्षी नौ उम्मेदवार पार्टी सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार पुगेका छन् । पार्टी सभापति लामिछानेलाई भेट्न उनीहरू आज (आइतबार) ललितपुरस्थित नक्खु कारागार पुगेका हुन् ।

आउँदो कात्तिक १७ गते हुने रूपन्देही– ३ मा उपनिर्वाचन हुँदै छ । जसका लागि रास्वपाबाट नौजना आकांक्षी छन् । उनीहरूमध्येबाट एकजनालाई रास्वपाले आजै उम्मेदवार घोषणा गर्दै छ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने मुद्दा पुर्पक्षका निम्ति थुनामा छन् । रास्वपाले ७ देखि २१ साउनसम्म उम्मेदवार बन्न आवेदन माग गरेकोमा नाैना छनोट भएका थिए ।

छनोट भएका आकांक्षीहरूमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही– ३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जितबहादुर गुप्ता, रचना क्षेत्री र पुनमकुमारी अग्रवाल छन् । कुसुम, मधु, सुलभ र जितबहादुरबाहेक पाँचजना भैरहवाका हुन् ।

छुटाउनुभयो की ?