मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १५ आइतबार
  • Monday, 01 September, 2025
सिउल
२o८२ भदौ १५ आइतबार o८:oo:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

रुसी लडाइँमा ज्यान गुमाएका सेनाका परिवारसँग किमको भेट

Read Time : < 1 मिनेट
सिउल
नयाँ पत्रिका
२o८२ भदौ १५ आइतबार o८:oo:oo

उत्तर कोरियाली नेता किम जोङ उनले युक्रेनविरुद्ध रुसको पक्षमा लड्दा मारिएका आफ्ना सेनाका परिवारसँग भेट गरेका छन् । उनीहरूको ‘असह्य पीडा’प्रति समवेदना व्यक्त गर्दै किमले शोकसन्तप्तलाई सुन्दर जीवन दिने वाचा गरेको उत्तर कोरियाली समाचार संस्थाले जनाएका छन् । किमले मारिएका सैनिकका परिवारलाई भेटेर आफ्नो जीवन बलिदान दिनेप्रति सहानुभूति जनाएका हुन् ।

मारिएका सैनिकका परिवारसँग किमले एक महिनामा दोस्रोपटक भेटेका हुन् । प्योङयाङले रुसका लागि लड्दा मारिएका सैनिकको संख्या पुष्टि गरेको छैन । यद्यपि, युद्धमा लगभग ६०० सैनिक मारिएका र हजारौँ घाइते भएका दक्षिण कोरियाले अनुमान गरेको छ ।

‘मैले यो बैठकको आयोजना गरेको थिएँ, किनकि म सबै नायकका शोकसन्तप्त परिवारलाई भेट्न, सान्त्वना दिन र उनीहरूका पीडामा थोरै भए पनि राहत दिन चाहन्थेँ,’ भेटपछि किमले भने । किमले राजधानी प्योङयाङमा स्मारक निर्माण गर्ने, साथै शोकसन्तप्त परिवारका लागि नयाँ सडकको नामकरण गर्ने वाचा गर्दै राज्यले मृतक सैनिकका छोराछोरीलाई पूर्ण सहयोग गर्ने बताए । 

उत्तर कोरियाली नेताले बुबा गुमाएका टुहुरा बालबालिका देखेर आफू निकै दु:खी भएको बताए । ‘म हाम्रो राज्यका तर्फबाट क्षतिको पूर्ण जिम्मेवारी लिन्छु र उनीहरूका बुबाजस्तै दृढ र साहसी लडाकुको रूपमा प्रशंसनीय रूपमा तालिम दिनेछौँ,’ उनले थपे ।