मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १४:४९:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

उखु किसान आन्दोलनमा कांग्रेस, माओवादी कञ्चनपुरका नेताहरूको साथ 

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १४:४९:oo

गत आइतबारदेखि राजधानीमा कञ्चनपुरसहित देशभरका उखु किसान आन्दोलित  छन् । सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेपछि उखु किसान पाँच दिनदेखि सडकमै आन्दोलित भएका हुन् ।

उखु नै बोकेर राजधानी पुगेका किसानले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार, एमालेकै नेता विष्णु पौडेल अर्थमन्त्री भएकै वेला अनुदान कटौती गरेर किसानमाथि  अन्याय गरेको बताएका छन् । 

नेपाली कांग्रेस, नेकपा एमाले नेतृत्वको वर्तमान सरकारले चालू आर्थिक वर्ष ०८२/८३ देखि अनुदान कटौती गरेपछि काठमाडाैंकेन्द्रित किसानको आन्दोलनमा सत्ताधारी र विपक्षी दलका नेताहरूले साथ र समर्थन जनाएका छन् । 

सत्ताधारी नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र सुदूरपश्चिम कञ्चनपुरका शीर्ष नेतादेखि कार्यकर्तातहसम्मले आन्दोलनमा  साथ र समर्थन जनाएका हुन् । किसानको माग जायज भएकाले सरकारले कटौती गरेको अनुदान निरन्तरता दिनुपर्ने नेताहरूले बताएका छन् । 

सत्ताधारी कांग्रेसका नेतासमेत रहेका पूर्वमन्त्री नेता एनपी साउद, प्रमुख  प्रतिपक्षी दल नेकपा माओवादी सुदूरपश्चिम प्रदेशका इन्चार्ज एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेल, माअ‍ोवादी नेतृ एव पूर्वमन्त्री विना मगर, कांग्रेसकै नेता संविधानसभा सदस्य, सुदूरपश्चिम प्रदेशका सांसद दिवानसिंह विष्ट, कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्यायसहितका सत्ताधारी कांग्रेस, विपक्षी दल माओवादीका नेता, तथा कार्यकर्ताले आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेका छन् । 

अनुदान कटौतीविरुद्ध गृहजिल्लाका किसान पनि आन्दोलनमा सहभागी भएकाले उनीहरूको हकअधिकारका लागि आन्दोलनमा होमिएको नेताहरूले जनाएका छन् । 

विगतको सरकारले उखु किसानको हकहित प्रवर्द्धनका लागि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको थियो । नगदेबालीको रूपमा रहेको उखु अनुदान कटौती गरिएको भन्दै आन्दोलमा होमिएका किसानले अहिलेको सरकारले अन्याय गरेको दुःखेसो पोखेका छन् ।

गत विगतका वर्षको अनुदान र चालू आर्थिक वर्षमा पनि अनुदान निरन्तरताको माग अघि सारेका छन् । पूर्वमन्त्रीसमेत रहेका सत्ताधारी कांगेस नेता एनपी साउदले किसानलाई दिँदै आएको अनुदान कटौती गर्न नहुने र काटेको अनुदान निरन्तरता जोड दिएका छन् ।

प्रमुख प्रतिपक्षीय दलक माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेलले  स्वदेशमै पौरख गरेर आफ्नो मात्रै नभई सिंगाे राष्ट्रका लागि योगदान पुर्‍याउँदै आएका किसानमाथि सरकारले गरेको निर्णय सच्याउनुपर्ने बताए। 

प्रमुख प्रतिपक्षीय दलकी नेता एवं पूर्वमन्त्री विना मगरले अहिलेको सरकारले किसानमाथि अन्याय गरेको बताए । स्वदेशी वस्तुको उत्पादन गरेर विदेशमा चिनी निर्यात गरेर राष्ट्रिय आम्दानीको साटो अनुदान कटौती नगरेर किसानमाथि अत्याचार गरेको बताए । सरकारले उखु किसानका माग सम्बोधन नगरे किसान आन्दोलन काठमाडाैंमा मात्रै होइन राष्ट्रव्यापी बनाउनुपर्नेमा जोड दिए । किसानको हितमा  निर्णय सच्याउनसमेत सरकारसँग आह्वान गरेकी छिन् ।

सत्ताधारी कांग्रेस नेता एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह विष्टले किसानको हकहितका लागि निरन्तर साथ समर्थनमा हुने बताए । कृषिका अन्य क्षेत्रतर्फ अनुदान चरम दुरुपयोग भए पनि उखुमा सदुपयोग भएको त्यही पनि काटिएको भन्दै उखु किसानले किसानमारा सरकारको संज्ञा दिएका छन् ।

कञ्चनपुरका  युवा उखु किसान हरेन्द्र विष्टले सरकारले किसानमाथि गरेको अन्याय नसच्याउँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन । विगतका सरकारले किसान  प्रवर्द्धनका लागि अनुदान दिन हुने, तर अहिलेकोे सरकारले अनुदान कटौती गरेर अन्याय गरेको हुँदा न्याय नपाउँदासम्म सडक नछाडने उद्घोष गरेका छन् ।

उखु किसानको अनुदान कटौती होइन, सरकारका प्रधानमन्त्री, मन्त्री, सांसद, मुख्यमन्त्री, जनप्रतिनिधिका सचिवालयका राखिएका अनावश्यक कर्मचारी कटौती गर्न सुझाव दिएका छन् । ‘हामीले सरकारसँग अन्य कोषबाट देऊ भनेका छैनौँ,’ उनले भने, ‘सरकार आफैँले अनुदान दिने, आफैँ कटौती गर्ने हक छैन ।’ अनुदान कटौती भएपछि यसअघि जिल्ला प्रशासन कार्यालयहरूमार्फत माग सम्बोधनका लागि ज्ञापनपत्र बुझाए पनि किसानका कुरासमेत सुन्न सरकार तयार नभएपछि सरकार भएकै ठाउँमा गएर आन्दोलन गरिरहेको उनीहरूले बताएका छन् ।

उखु उत्पादक हकहित संरक्षण समिति कञ्चनपुरका कोषाध्यक्ष चेतनकुमार राईले सरकारले अन्याय गरेपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको बताएका छन् । उनले यसअघि उखु उत्पादक हकहित संरक्षण समितिका अध्यक्ष हरि चन्द (ठकुरी) नेतृत्वमा प्रशासनमा ज्ञापनपत्र बुझाए पनि सरकारले किसानका समस्यामा वास्ता नराखेपछि बाध्यताले जिल्लाबाट राजधानी आन्दोलनमा उत्रिएको बताए । 

उखु किसानले अन्य क्षेत्रमा दिँदै आएको अनुदानभन्दा उखु उत्पादनकै आधारमा दिँदै आएको अनुदान प्रभावकारी भएको र यसमा किसान आत्मनिर्भरदेखि राज्यलाई नै लाभ भइरहेका वेला सरकारले अनुदान कटौती गरेर फेरि नेपाली किसान, उद्योग धराशायी बनाउनेतर्फ उद्यत् रहेको दुःखेसो पोखका छन् ।

उखु किसान महासंघका संयोजक श्यामबाबु रायले कञ्चनपुरदेखि झापासम्मका हजारौँ किसान भेला भएर थालेको आन्दोलनबाट माग पूरा नभए थप किसान काठमाडौं उतारेर आन्दोलन गरिरहेको बताए ।

सरकारले विगतदेखि नै प्रदान गर्दै आएको प्रतिक्विन्टल ७० रुपैयाँ सरकारी अनुदान चालू आर्थिक वर्ष ०८२/८३ बाट कटौती गर्ने निर्णय गरेको छ भने गत आव ०८१/८२ का लागि पनि प्रतिक्विन्टल ३५ रुपैयाँका दरले मात्रै भुक्तानी दिने मन्त्रिपरिषबाट निर्णय भएको छ । गत आवका लागि उखुको समर्थन मूल्य निर्धारण गर्दा उद्योगीले ५८५ रुपैयाँका दरले भुक्तानी गर्ने र सरकारले ७० रुपैयाँ अनुदान दिने निर्णय मन्त्रिपरिषद्ले नै निर्णय गरेको थियो । तर, मन्त्रिपरिषदबाटै भएका निर्णय उल्ट्याउन नहुने जानकारहरूको भनाइ छ ।