मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १२ बिहीबार १३:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युवाको उमेर अब १८-३५ वर्ष कायम हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार १३:५६:oo

युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । 

यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो । सरकारले नयाँ युवानीति जारी गरेको हो। राष्ट्रिय युवानीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिनेछ,’ भनेर उल्लेख छ ।

२०७८ सालको जनगणनाअनुसार नेपालमा १६ देखि ४० वर्ष जनसंख्या ४२.५६ प्रतिशत थियो । परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ युवानीतिअनुसारको युवाको जनसंख्या निकाल्न आग्रह गरिएको बताए। 

बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ सम्म भएको हुनाले १८ वर्षदेखि ३५ उमेर समूहलाई युवामा राखिएको उनको भनाइ छ । संयुक्त राष्ट्रय संघले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ । भारतमा १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मान्दै आएको छ । 

परिषद्का उपाध्यक्ष बस्नेतले ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ संशोधन नभएसम्म युवाको उमेर कानुनी रूपमा भने १६ देखि ४० वर्ष हुने बताए। ‘युवानीतिअनुसार ऐन संशोधन गर्नुपर्दछ,’ उनले भने। प्रत्येक पाँच-पाँच वर्षमा युवानीति परिमार्जन गर्नुपर्ने भए पनि १० वर्षपछि नीति संशोधन गरिएको हो ।