
सल्यानमा जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका– १२ तिमिलेबाट श्रीनगर आउँदै गरेको लु.१ज २३६८ नम्बरको जिप शारदा नगरपालिका– १२ रेशमजिउलानजिकै बिहीबार बिहान ११ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परी शारदा नगरपालिका– १३ का १८ वर्षीय सुमन बस्नेत, ३५ वर्षीया झुपी नेपाली, वडा नं. १२ की २१ वर्षीया सीता रावत, उनकी सात वर्षीया छोरी डोल्मा रावत, ३४ वर्षीया पार्वती बुढा, शारदा नगरपालिका– १५ की २४ वर्षीया सावित्रा भण्डारी, त्रिवेणी गाउँपालिका– २ की २४ वर्षीया निर्मला गिरी, शारदा नगरपालिका– १५ की आठ वर्षीया शिरीषा भण्डारी र २३ वर्षीया दीपा रावत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
यस्तै, शारदा नगरपालिका– १२ की २१ वर्षीया जानकी गिरी, वडा नं. १३ की २७ वर्षीया गिराराज गुरु, उनकी नाै वर्षीया छोरी रियाराज गुरु र पाँच वर्षीया छोरी रितुराज गुरु, वडा नं. १ का २५ वर्षीया शोभा बुढाथोकी, उनकी नाै वर्षीया छोरी डिला बुढाथोकी र ६ वर्षीया सुमित्रा बुढाथोकी, २१ वर्षीया सम्झना थापा, उनकी १८ महिनाकी छोरी स्मारिका थापा र वडा नं. १३ का १६ वर्षीया जीवन नेपाली रहेका छन् ।
घाइतेहरूको सल्यान श्रीनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिपचालक प्रहरीको नियन्त्रणमा रहेको र जिप सडकबाट पाँच मिटर तल खसेको छ । जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।