मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १२:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमाविवाद समाधान नगरेसम्म भारतसँगको सम्बन्ध प्रगाढ रहिरहन सक्दैन : प्रचण्ड 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १२:५७:oo

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमाविवाद छलफलबाट समाधान नगरेसम्म छिमेकी देश भारतसँग सम्बन्ध दिगो रूपमा प्रगाढ हुन नसक्ने बताएका छन् । 

आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग बोल्दै अध्यक्ष प्रचण्डले सीमाविवादको कुरा पहिलेदेखि नै उठेकाले प्रस्ट छलफल गरेर समाधान नगरेसम्म छिमेकी देश भारतसँगको सम्बन्ध प्रगाढ रहिरहन नसक्ने बताएका हुन् । उनले आफू प्रधानमन्त्री भएको वेला भारत भ्रमणमा जाँदा सीमाविवाद समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रस्ट वर्ता गरेको र उनले पनि सीमाविवाद समाधान गर्नका लागि वार्तामा  बस्ने प्रतिबद्धता जनाएको स्मरण गराए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘भारतसँगको सम्बन्ध दिगो रूपले प्रगाढ बनाउन आपसी वार्ताबाटै सीमाविवाद समाधान गरिदिनुपर्छ, सरकार यसबारे गम्भीर बनोस् ।’

पूर्वराष्ट्रपतिहरू राजनीतिमा आउनु कदापि नाजायज होइन 

अध्यक्ष प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू पद समाप्त भएपछि राजनीतिमा आउनु गलत नभएको र विश्वसामु धेरै उदाहरण भएकाले नेपालमा पनि जायज हुने बताए । उनले अन्तर्राष्ट्रियस्तरमा पूर्वराष्ट्रपतिहरू स्थानीय तहको मेयरसम्म भएका प्रशस्त नजिर रहेको भन्दै नेपालमा पनि संविधान, ऐन, कानुन केहीले पनि बाधा नहालेकाले राजनीतिमा आउनु सामान्य भएकाे बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा आउनु जायज रहेकाे उनकाे भनाइ छ । उनले भने, ‘उहाँलाई ओलीजीले नै सदस्यता पनि दिनुभएको र चीन भ्रमणमा पनि पठाउनुभएको हो, तर पछिल्लो उहाँहरूको आन्तरिक विषयतिर म जान चाहन्न, तर उहाँ राजनीतिमा आउनु बिलकुल गलत हाेइन ।’ प्रचण्डले आफूले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा ल्याएपछि एमालेमा फर्किन पूर्वराष्ट्रपति भण्डारीलाई पनि सहज भएको बताए । 

प्रभाकरलाई कारबाही गर्ने–नगर्ने विषय पार्टीमा प्रवेश गरेकै छैन 
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको विधि र नीतिविपरीत चल्नेहरूलाई नै स्वार्थ समूहहरू हुन् भन्दै यस्ता समूहबारे पार्टीमा बृहत् छलफल भइसकेको बताए । पत्रकाहरूले सोधेको प्रश्न ‘तपाईंले मात्रै माओवादी पार्टी थाम्नुभएको हाेइन र सक्नु पनि हुन्न भन्ने उपमहासचिव जनार्दन शर्माले प्रस्ट भन्नुभयो नि ?’ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘एकजना प्रभाकरले नपत्याएर मात्र माओवादी आन्दोलन रोकिँदैन, यसैले यसलाई उत्तेजित बनाएर चर्काउनेखालेका प्रश्नहरू नगरेकै राम्राे, उहाँलाई कारबाही गर्ने–नगर्ने भन्नेबारे पार्टीमा विषय प्रवेश गरेकै छैन ।’

वर्तमान एमाले–कांग्रेस गठबन्धनको सरकारले राम्रो काम गर्न नसक्दा जनतामा चरम निराशा बढेको बताउँदै प्रचण्डले समाजवादी मोर्चासँग वाम एकता गर्नेबारे छलफल भइरहेको बताए ।