मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८२ भदौ १२ बिहीबार १२:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अविरल वर्षाले काेदारीदेखि लिपिङसम्म पहिरैपहिराे

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार १२:३९:oo

बुधबार र बिहीबार अविरल परिरहेको वर्षाले तातोपानी नाका जाेड्ने सीमावर्ती काेदारी र लिपिङ क्षेत्र पहिराेले ढाकेकाे छ ।
लिपिङबाट तातोपानी आउने बाटाे पनि बन्द भएको स्थानीयले जानकारी दिए ।

काेदारीकाे इकाे क्षेत्रमा झन्डै सय मिटर लामाे सडक पहिराेले पुरेकाे छ । काेदारी सडकमाथिकाे भूभाग बगेर आइरहेकोले नयाँ ट्रयाक बनाउन पनि कठिन हुने अवस्था सिर्जना भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य स्याउ व्यापारी शारदाप्रसाद पराजुलीले बताए । अलपत्र कन्टेनर रेखदेखका लागि सीमामा रहेका पराजुली सुरक्षित स्थान खाेजेर गाउँ पुगेका छन् ।

मितेरी पुलदेखि तातोपानीसम्म करिब चार किलोमिटर सडक जाेखिमपूर्ण भएकाले किनारमा बस्ने अवस्था नरहेको उनले बताए । ‘दुई दिन भयो लगातार वर्षा भएको । यहाँ पानीले जमिन गलेकाे, भासिएकाे र मानिस आवतजावत गर्ने गाेरेटाेसम्म नभएकाले सीमावासी दुःखी बनेका छन्,’ उनले भने ।

साउनकाे दाेस्राे सातादेखि बन्द काेदारी सडक झन्–झन् जीर्ण बन्दै गएको उनले प्रस्ट्याए । दसैँका सामान राजधानी ल्याउने कुनै उपाय नभएकाे उनले बताए । वर्षाले काेदारी र लिपिङमा करिब ५० घर पहिराेकाे जाेखिममा छन् । व्यापारी, व्यवसायी, कन्टेनर चालक र भरियाहरू जाेखिम माेलेरै नाकामा बसिरहेका छन् । वर्षा हुन्जेल तातोपानी नाका सञ्चालन सम्भव छैन । मानसरोवर पुगेर फर्केका भारतीय तीर्थयात्री नाकामा अलपत्र परेका छन्।