
बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले दसैँ र तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर नयाँ योजना ‘बजाज प्रिमियर लिग’ (बिपिएल) सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार दुईपांग्रे सवारीसाधन जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ । त्यसैले उपभोक्तालाई अझ नजिक ल्याउने प्रयासस्वरूप बिपिएल सुरु गरेको कम्पनीको भनाइ छ । यस योजनाअन्तर्गत प्रत्येक बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै, नागरिकता राखेर सहजै किस्ताबन्दी खरिद गर्न सकिने सुविधा पनि यो योजनामा उपलब्ध छ ।
यसमा ग्राहकले सातै प्रदेशबाट प्रत्येक हप्ता ५० हजार नगद उपहार जित्नेछन् । त्यस्तै, ‘प्लेयर अफ दी विक’ बन्ने ग्राहकले एक लाख नगद पाउनेछन् भने चर्चित क्रिकेटरसँग भेट्न अवसरसमेत पाउनेछन् । बजाजको यस योजनामा मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौँठा अनुभव पनि साट्न पाउनेछन् ।
योजनाबारे बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले यस अभियानमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको बताए । ‘बिपिएलले मोटरसाइकल खरिदकर्तालाई र अरू सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ,’ उनले भने । यसबाहेक बिपिएल योजनाले मोबाइल गेमप्रेमीलाई लक्षित गरी विभिन्न उपहार जित्ने अवसर पनि प्रदान गर्नेछ । मोबाइलमा क्रिकेट खेलेर उपहार जित्न सकिने कम्पनीको भनाइ छ ।