मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ९ सोमबार
  • Wednesday, 27 August, 2025
अञ्जुली भार्गव
२o८२ भदौ ९ सोमबार १o:१८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एयर इन्डियाले तत्काल सम्बोधन गर्नैपर्ने विषय

Read Time : > 2 मिनेट
अञ्जुली भार्गव
नयाँ पत्रिका
२o८२ भदौ ९ सोमबार १o:१८:oo

निश्चय पनि यस वर्षको जुन महिना एयर इन्डियाका लागि कठिन महिना थियो । टाटा समूहले अधिग्रहण गरेपछि एयरलाइन्सले आफ्नो सार्वजनिक धारणा बनाइरहेका वेला अहमदाबादमा भएको भयानक विमान दुर्घटनाले यसको सार्वजनिक छबिमा ठुलो धक्का पुर्‍यायो ।

एआई १७१ अहमदाबाद दुर्घटनापछि एयरलाइन्सबारे निरन्तर मिडियाको निगरानीसँगै त्रुटि र अन्य विषयले पनि धेरैको ध्यान खिचेको छ । जुन १२ मा २६० जनाको मृत्यु भएको दुर्घटनाको केही सातापछि जुलाईमा एयर इन्डियाका उडानसँग सम्बन्धित दुई घटनाले उडान गर्ने सर्वसाधारणमा थप चिन्ता निम्त्यायो, यद्यपि ती घटनामा कोही हताहत भएनन् । एउटा घटनामा मुम्बईमा अवतरण गर्दा भारी वर्षाका कारण विमान धावनमार्गबाट ​​चिप्लियो र जाँचका लागि ‘ग्राउन्डेड’ गरियो । र, अर्को घटनामा अवतरणपछि विमानको पछाडिको भागमा आगो लाग्यो, फलस्वरूप एयरलाइन्सको अर्को विमान ग्राउन्डेड गरियो ।

यसपछि नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए)ले कारण देखाइयोस् सूचनाहरूको शृंखला जारी गर्‍यो, जसले एयरलाइन्समा विशेषगरी एयर इन्डियामाथिको छानबिनलाई तीव्र बनायो । कारण देखाइयोस् भन्ने सूचनाले एक वर्षको अवधिमा (जुन २०२४ देखि जुन २०२५) २९ उल्लंघन/त्रुटिलाई प्रकाश पारे । डिजिसिएले यो पनि औँल्यायो कि विगतमा पनि बारम्बार चेतावनी जारी गरिएको थियो र त्यस्ता उल्लंघनको पुनरावृत्तिले प्रभावकारी नियन्त्रण संयन्त्र स्थापना गर्न असफलतालाई संकेत गर्छ ।

उडान सञ्चालन निर्देशकलाई जारी गरिएको अर्को सूचनामा तीन विशिष्ट चालक दलका सदस्यको हकमा साप्ताहिक आराम उल्लंघन उल्लेख गरिएको थियो । गत वर्ष जुन २४ मा दुईवटा र यस वर्ष जुन १३ मा एउटा उल्लंघन भएको थियो । ‘यी उल्लंघनले उडान सञ्चालन कार्यभित्र चालक दलको तालिका, सञ्चालन योजना र नियामक निरीक्षणमा गम्भीर कमजोरी प्रतिबिम्बित गर्छ,’ डिजिसिएको सूचनामा औँल्याइएको छ । उडान सञ्चालनको मामिलामा नियामक आवश्यकता उल्लंघनका लागि एयर इन्डियाको केबिन सुरक्षा प्रशिक्षण प्रबन्धकलाई थप सूचना जारी गरिएको थियो– चालक दलले धेरैपटक फर्जी योग्यता कार्डका साथ उडान सञ्चालन गर्‍यो । 

त्यसपछि १९ जना चालक दलका सदस्यले गरेको उल्लंघनका सम्बन्धमा एयर इन्डियाका निर्देशकलाई कारण देखाऊ सूचना जारी गरिएको थियो । यी सूचनाले प्रशिक्षण मापदण्ड र प्रोटोकलमा पाइएका त्रुटिलाई प्रकाश पारे ।  जुलाईको अन्त्यसम्ममा एयरलाइन्समा स्तर १ (अधिक गम्भीर) र स्तर २ निष्कर्षमा डिजिसिएको अडिटले गत वर्ष टाटा समूहका एयरलाइन्ससँग कुल १९ वटा स्तर २ (अधिक गम्भीर) नतिजा फेला पारेको थियो, जुन भारतीय वाहकमध्ये स्तर १ नतिजाबारे लेखापरीक्षण गरिएको एक मात्र विमान कम्पनी थियो । डिजिसिएले लेखापरीक्षण निष्कर्षलाई दुई स्तरमा वर्गीकृत गर्छः स्तर १ मा अनुचित विमान मर्मतसम्भार, म्याद सकिएका भागको कागजात वा चालक दल प्रशिक्षणमा गम्भीर कमजोरीसहित प्रत्यक्ष सुरक्षा जोखिम समावेश छन्, जबकि स्तर २ ले सामान्यतया प्रक्रियागत उल्लंघन वा प्रशासनिक निरीक्षणलाई जनाउँछ । 

यतिखेर यात्रुहरूले एयर इन्डियाले कहिले आफ्नो काम सुरु गर्छ भन्ने प्रश्न गर्न थालेका छन् । केवल सेवाको हिसाबले मात्र होइन, तर एयरलाइन्सको सुरक्षा रेकर्डका हिसाबले पनि यस्तो प्रश्न उठ्न थालेको छ । जुनको अन्त्यतिर, टाटा अध्यक्षले एयरलाइन्सको सञ्चालनमा थप संलग्न हुने निर्णय गरे । 

सायद बाहिरी व्यक्ति र केही कम्पनीभित्रका व्यक्तिले पहिचान गरेको सबैभन्दा ठुलो समस्या भनेको शीर्ष व्यवस्थापन सदस्यको असहज समस्यालाई समाधान गर्नुको सट्टा कार्पेटमुनि लुकाउने प्रवृत्ति हो । यो कुरा एयरलाइन्सको ‘ह्विसलब्लोअर्स’को ‘ह्यान्डलिङ’ र एयरलाइन्सको सञ्चालन, इन्जिनियरिङ, तालिम र समग्र व्यवस्थापनमा विसंगति देखिएको छ, जुन कुरा प्रायः डिजिसिए र अन्य पर्यवेक्षकले औँल्याएका छन् । ‘विगत तीन वर्षमा कसैमा केही कमजोरी देखेको पाइएमा उनीहरूलाई पदमुक्त गरिन्छ, तर वास्तविक समस्यालाई सम्बोधन नगरी छोडिन्छ,’ डिजिसिएका एक पूर्ववरिष्ठ सदस्य तर्क गर्छन् । उनी भन्छन् कि एयरलाइन्सले प्रतिक्रियाशील कदम चालेको छ र यस पक्षमा कहिल्यै सक्रिय छैन । 

एयरलाइन्सका एक आन्तरिक स्रोतले दुर्घटनापछि यस विषयमा अनुसन्धान भइरहेको बतायो । ‘समस्या आइपर्दा अरू कसैलाई यसको जिम्मेवारी दिनुको सट्टा निर्णय लिनेहरू नै प्रत्यक्ष रूपमा जवाफदेही हुनेछन्,’ उनले भने । उनका अनुसार एयरलाइन्सभित्र यो कुराको महसुस भएको छ कि विगत तीन वर्षदेखि जारी गरिएका चेतावनीलाई टाटाका उच्च अधिकारीदेखि नै निरन्तर बेवास्ता गरिएको छ । यदि यस्ता चेतावनीलाई गम्भीरतापूर्वक लिइएको भए यो दुर्घटना रोक्न सकिन्थ्यो कि भन्ने कुरा अझै पनि विवादास्पद र छलफलकै विषय बनेको छ ।

बिक्रीपछि गम्भीर धक्का लागेको अर्को क्षेत्र इन्जिनियरिङ डिभिजन हो, जुन सरकारी स्वामित्वको एआइइएसएल (एयर इन्डिया इन्जिनियरिङ सर्भिसेज लिमिटेड)बाट विभाजनपछि अझै आफ्नो खुट्टामा उभिन सकेको छैन । स्रोतहरू भन्छन् कि हालको एयर इन्डिया इन्जिनियरिङ सेटअपमा क्षमता, पूर्वाधार र आवश्यक सीप सेटको अभाव छ । ‘बिक्री हुनासाथ नयाँ इन्जिनियरिङ पूर्वाधार र योग्य इन्जिनियर राख्नु आवश्यक थियो । तर, यो भएन,’ एक एयरलाइन स्रोतले भन्यो, ‘अहिले यो महसुस भइरहेको भए पनि एयरलाइनको इन्जिनियरिङ क्षमता बढाउन समय र स्रोत दुवै आवश्यक पर्नेछ । क्षणभरमा यो सुधार गर्न सकिँदैन ।’

(पत्रकार भार्गव शासन, पूर्वाधार र सामाजिक क्षेत्रबारे लेख्छिन्)हिन्दुस्तान टाइम्सबाट