
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले वीरगति प्राप्त गरेका सशस्त्र प्रहरीको नाममा चौतारा, पाटीपौवा, प्रतीक्षालय तथा धारा निर्माण गर्न निर्देशन दिएका छन्। चितवन र कपिलवस्तुका अमर सशस्त्र प्रहरी परिवारसँग भेटघाट गरी उनीहरूको दुःखसुखमा संगठन सँगसँगै रहने प्रतिबद्धता व्यक्त गर्दै आइजिपी अर्यालले राष्ट्रसेवक कर्मचारीले बगाएको रगत संगठनले नबिर्सने बताए। सहिद परिवार हुनुमा दुःखी होइन, त्यस्ता वीर सपूत जन्माएकोमा गर्व गर्नसमेत उनले आग्रह गरेका छन्। '
‘सहिद परिवारले दुई छाक खानका लागि चिन्ता गर्नुपर्दैन, अप्ठेरो अवस्थामा नजिकमा रहेको ब्यारेकबाट रासन पानी लगेर भए पनि तपाईंहरूको मुहारमा खुसी ल्याउने व्यवस्था मिलाउँछु,’ महानिरीक्षक अर्यालले भने।
संगठनको केन्द्रीय नीतिअनुसार अमर सशस्त्र प्रहरीको वार्षिकीमा उनीहरूको घरमा हुने धार्मिक कार्यमा नजिकको युनिट कमान्डर वा प्रतिनिधि अनिवार्य उपस्थिति हुन र सहिद परिवारसँग स्थानीय युनिटहरू निरन्तर सम्पर्कमा रहनसमेत बाहिनीपतिलाई उनले निर्देशन दिएका छन्।