मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ८ आइतबार
  • Sunday, 24 August, 2025
तिवारी यादव वीरगन्ज
२o८२ भदौ ८ आइतबार १५:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध गाँजासहित दुई भारतीय पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ८ आइतबार १५:५१:oo

वीरगन्जमा नेपाल–भारत मैत्री बसबाट लागुऔषध गाँजासहित दुई भारतीय आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराष्ट्र मुम्बई बस्ने ४२ वर्षीय अनवर सलाउदिन खान र ४१ वर्षीय मोहम्मद इकवाल सयद रहेको सशस्त्र प्रहरीले जनाएको छ । 

वीरगन्ज महानगरपालिका– १६ मा चेकजाँचको क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको बा.५ख १२३७ नम्बरको नेपाल–भारत मैत्री यात्रुवाहक बसमा उनीहरू पक्राउ परेका हुन् । 

उनीहरूको साथमा रहेको झोलाबाट ६ किलो ४ सय ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका एसपी पुरणचन्द्र भट्टले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले दुवैलाई नियन्त्रणमा लिएको अवस्था छ । 

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाइएको सशस्त्र प्रहरी उनले बताए ।