मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ८ आइतबार
  • Sunday, 24 August, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ ८ आइतबार १४:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आयोगले निर्धारण गर्‍यो रुपन्देही ३ को उपनिर्वाचनमा सहभागी हुने दललाई निर्वाचन चिह्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ ८ आइतबार १४:२६:oo

निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भाग लिने २६ राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरेको छ ।

आयोगले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी कात्तिक १७ गते सोमबारका दिन तय भएको उपनिर्वाचनमा सहभागी हुनका लागि आयोगमा दर्ता भएका २६ राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरेको हो ।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि विभिन्न राजनीतिक दललाई दर्ता गरी निर्वाचन चिह्न निर्धारण गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) अनुसार दललाई निर्वाचन चिह्न प्रदान गरिएको आयोगका सचिव महादेव पन्थले जानकारी दिए ।