मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 24 August, 2025
Invalid date format o९:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अनुदान रकमको माग गर्दै आन्दोलन गर्न काठमाडौं आइपुगे उखु किसान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४o:oo
  • उखु किसानलाई अनुदान रकम दिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गर्न विभिन्न जिल्लाबाट किसानहरू काठमाडौं आइपुगेका छन्

तराई–मधेशका उखु किसान आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् । सरकारले उखु किसानलाई अनुदान रकम दिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गर्न उनीहरू विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका हुन् । करिब ६–७ सयको हाराहारीमा उखु किसानहरू उखु लिएरै आन्दोलन गर्न काठमाडाैं आएको उखु उत्पादक महासंघका संयोजक श्यामबाबु रायले जानकारी दिए ।

सर्लाही, महोत्तरी, सिराहा, रौतहट, बारा, सुनसरी, मोरङ, नवलपरासी, कञ्चनपुरलगायत तराई–मधेशका जिल्लाबाट उखु किसान आन्दोलन गर्न काठमाडाैं आइपुगेको संयोजक रायले बताए ।

१३ वटा मिलमा दुई करोड १५ लाख क्विन्टल उखु क्रसिङ भएको र सरकारले दिनुपर्ने ७० रुपैयाँको दरले करिब एक अर्ब ६० करोड रुपैयाँ अनुदान नदिएपछि आन्दोलनमा आउन बाध्य भएको उनले बताए ।

आर्थिक वर्ष ०८१/८२ मा क्रसिङ भएको उखु उद्योगहरूले आफूहरूलाई पाँच सय ८५ रुपैयाँ प्रतिक्विन्टलको दरले भुक्तानी गरिसकेको, तर सरकारी अनुदान पाउन नसकिएकाले आन्दोलन गर्न काठमाडाैं आएकाे सर्लाहीको बागमती नगरपालिका- ३ का उखु किसान सहदेव यादवले बताए । उखु किसानहरूले माइतीघमा विरोधको कार्यक्रम राखेका छन् ।