मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ७ शनिबार
  • Saturday, 23 August, 2025
२o८२ भदौ ७ शनिबार १४:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘स्क्रब टाइफस’बाट एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ७ शनिबार १४:३८:oo

स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।
 
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन्। उनी छारेरोगबाट पनि पीडित थिइन् ।

यसैबिच, यहाँस्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रूपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ। 

चितवनका ५८ जना यो रोगबाट पीडित छन्। एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो।