मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ७ शनिबार
  • Saturday, 23 August, 2025
२o८२ भदौ ७ शनिबार १३:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरो हटाएर करिब १४ घण्टापछि त्रिभुवन राजपथ र कान्ति लोकपथ सञ्चालनमा ल्याइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ७ शनिबार १३:३४:oo

लगातारको वर्षापछि अवरुद्ध बनेको त्रिभुवन राजपथ र कान्ति लोकपथ दुबै सडक करिब १४ घन्टापछि सञ्चालनमा आएका छन् ।

शुक्रबार राति १० बजेतिर भिमफेदी गाउँपालिका वडा नम्बर १ बागझोरा नजिक खसेको पहिरो डिभिजन सडक कार्यालय हेटौँडा र नेपाली सेनाको एक्साभेटर प्रयोग गरी हटाएपछि राजमार्ग खुलेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । 

राजमार्ग अवरुद्ध हुँदा १४ घण्टादेखीहरु सवारीसाधन रोकिएका थिए । यस्तै, हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ पनि शनिबार बिहान ११:१५ बजेदेखि सञ्चालनमा आएको छ। शुक्रबार साँझ भिमफेदी गाउँपालिका–८ भर्‍याङडाडा, बकैया गाउँपालिका–१२ सिमात खोला र जितपुर भञ्ज्याङमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त पहिरो हटाइएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

सडकको माथिल्लो भागबाट ढुङ्गा खस्ने सम्भावना उच्च भएकाले यात्रामा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ  ।