
त्रिशक्ति सेक्युरिटिज लिमिटेडले बुटवलमा शाखा कार्यालयको शुभारम्भ गरेको छ । लगानीकर्तालाई छिटोछरितो, सहज र प्रभावकारी सेवा प्रदान गर्दै, ग्राहक सेवा विस्तार गरी नागरिकलाई पुजींबजारमा उत्प्रेरित गर्ने उद्देश्यले शाखा विस्तार गरिएको हो ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जल कसजु, नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम र नेपाल चेम्वर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले संयुक्त रुपमा बुटवल शाखाको उद्घाटन गरे ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कसजुले पुजींवजार देशको अर्थतन्त्रको ऐना रहेको र जनतामा भएको पैसा पुँजीबजारमा आउँदा ठूला परियोजना निर्माणमा लगानी गर्ने वातावरण बन्ने अवस्था रहेको बताए ।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष आलमले उत्पादन र पुर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजीबजारबाट आउने वातावरण बन्दै गरेको र लगानीको सुरक्षाका साथै व्यवस्थित र दिगो पुँजीबजारको निर्माणमा लाग्नु पर्ने बताए ।
नेपाल चेम्वर्स अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष पोखरेलले नेपालको पुँजीवजार सकारात्मक बाटोतर्फ जाँदा लगानीको वातावरण बन्ने र पुँजी परिचालन हुने राम्रो पक्ष रहेको बताए ।
कार्यक्रममा त्रिशक्ति सेक्युरिटीजका संस्थापक अध्यक्ष टंकप्रसाद गौतम र प्रबन्ध निर्देशक गोविन्दप्रसाद दाहालले आर्थिक केन्द्रको रुपमा विकास भइरहेको बटवल क्षेत्र मोफसलको पुँजीबजारको हव बन्न सक्ने सम्भावना देखेर कार्यालय विस्तार गरेको र लगानीकर्तालाई पुँजीबजारसम्बन्धी उत्कृष्ट सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।
त्रिशक्ती सेक्युरिटिजले केन्द्रीय कार्यालय पुतलीसडक, शाखा कार्यालयहरू पोखरा, महेन्द्रनगर, हेटौंडा, ललितपुर, बनेपाबाट डिम्याट, टिएमएसलगायत शेयर कारोबारसम्बन्धी सेवा प्रदान गर्दै आईरहेको छ ।