मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १४:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लिपुलेकबारे एमालेले भन्यो– सरकारले तत्काल कूटनीतिक वार्ता गरोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:३२:oo

नेकपा एमालेले भारत र चीनबिच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको बताए।

उनले भने, ‘नेपाली भूमिमाथि नेपालको स्वीकृति र सहभागिताविना छिमेकी देशहरूबिच सीमा व्यापार गर्ने सम्झौता भएको छ। त्यसको विरोध गर्न चाहन्छौँ। एमालेले यो सहमतिप्रति असहमति जाहेर गर्छौँ।’

उनले भूगोल र जनसंख्याको हिसाबले देशहरू सानो ठुलो हुन सक्ने भए पनि देशको स्वाधीनताको हिसाबले सानो–ठुलो नहुने बताए।

उनले थपे, ‘हाम्रो देशको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकतामाथि कतैबाट आघात पुग्ने गतिविधि हुन्छ भने हामी प्रतिवाद गर्छौँ, सशक्त विरोध गर्छौँ। यो विषयमा उच्चस्तरको कूटनीतिक संवादबाट यो विषयको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’