मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
भ्यालेरे ग्यास्पर्ड
Invalid date format o९:५४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

लोकतन्त्रप्रति नागरिकको घट्दो विश्वास

Read Time : > 2 मिनेट
भ्यालेरे ग्यास्पर्ड
नयाँ पत्रिका
Invalid date format o९:५४:oo
  • सन् २०२२ मा क्यानेडियाली नागरिकमाझ गरिएको एक सर्वेक्षणले एकतिहाइ मानिसलाई लोकतन्त्रमा खासै विश्वास नभएको पाइयो, यही स्थिति विश्वका सबै देशमा देखिन्छ 

विश्वभर लोकतन्त्रको वर्तमान अवस्थाबारे बढ्दो चिन्ता छ । यसमा स्वतन्त्रतामा कमी, विश्वभर निरंकुश सरकारको बढ्दो संख्या तथा लोकतन्त्र र सरकारप्रति नागरिकको असन्तुष्टिलगायत विषय समावेश छन् । सन् २०२२ मा क्यानेडियाली नागरिकमाझ गरिएको एक सर्वेक्षणअनुसार एकतिहाइ मानिसलाई लोकतन्त्रमा खासै विश्वास छैन र लगभग आधा नागरिकले सरकारले उनीहरूको प्रतिनिधित्व गरेको कत्ति पनि महसुस गर्दैनन् । यस्तो चिन्ता क्यानडामा मात्र सीमित छैन्, बरु विश्वका अन्य देशमा पनि देखिन्छ ।

लोकतन्त्रबारे धारणामा धेरै अनुसन्धान नागरिकमा केन्द्रित छ । किनकि, लोकतान्त्रिक राज्यमा को सत्तामा पुग्छन् भनेर छनोट गर्ने नै उनीहरू हुन् । अर्थात्, नागरिकले छनोट गरेका व्यक्ति मात्र सत्तामा पुग्छन् । तर, सत्तामा रहेका व्यक्ति वा पदका लागि दौडिरहेकाहरूले लोकतन्त्रबारे के सोच्छन् ? आश्चर्यजनक कुरा के छ भने राजनीतिज्ञबारे हामीले राख्ने चासोलाई उनीहरूले कसरी हेर्छन् भन्नेबारे हामीलाई धेरै जानकारी हुँदैन ।

राजनीतिज्ञले लोकतन्त्रबारे के सोच्छन् भन्ने कुरामा हामीले किन वास्ता गर्नुपर्छ ? किनभने, राजनीतिज्ञले नागरिकका विचारलाई प्रभाव पार्न सक्छन् र निर्वाचित भए भने व्यवस्थापिकाजस्ता प्रमुख संस्थाभित्रबाट लोकतान्त्रिक प्रक्रियालाई प्रभाव पार्न वा परिवर्तन गर्न सक्छन् । तसर्थ, विश्वभरका लोकतन्त्रहरूको समकालीन अवस्था बुझ्न हामीले लोकतन्त्रले काम गर्ने तरिकाप्रति राजनीतिज्ञको सन्तुष्टिलाई कारक बनाउनु आवश्यक छ ।

विश्वभर लोकतन्त्रको वर्तमान अवस्थाबारे बढ्दो चिन्ता भए पनि कम्तीमा राजनीतिज्ञको दृष्टिकोणबाट मैले गरेको नयाँ अनुसन्धानले आशाजनक निष्कर्ष निकालेको छ । विश्लेषणले सन् २००५ देखि २०२१ सम्म क्यानडासहित २१ देशका ४९ चुनाव समेटेको छ । नतिजाले देखाउँछन् कि कुनै पनि देशमा राजनीतिज्ञको लोकतान्त्रिक सन्तुष्टि त्यतिवेला बढी हुनेछ, जब

–     आफ्नो देशमा स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगमा निर्वाचन हुन्छ ।
–    निर्वाचन व्यवस्थापन निकायसँग चुनाव व्यवस्थापन गर्न पर्याप्त स्रोत हुन्छ ।

स्वस्थ लोकतन्त्र कायम राख्ने दृष्टिकोणबाट यो सुखद खबर हो, किनकि निर्वाचित पद र शक्तिमा बस्न खोज्ने मानिस आफ्नो लोकतान्त्रिक प्रणाली राम्रोसँग काम गरिरहेको वेला बढी सन्तुष्ट हुन्छन् । तर, राजनीतिज्ञका केही विशेषतालाई विचार गरेपछि यी निष्कर्ष जटिल हुन्छन् । विशेषगरी, राजनीतिज्ञको लोकतान्त्रिक सन्तुष्टि हामीले विचार गरेपछि फरक हुन थाल्छ ।

–    उनीहरूको राजनीतिक दलले सरकार गठन गर्‍यो (विजेता) वा सरकारको हिस्सा रहेन (पराजित भयो)
–    उनीहरू वैचारिक वामपन्थी वा दक्षिणपन्थीसँग पहिचान गर्छन् कि गर्दैनन् ?

कसैलाई पनि पराजय मन पर्दैन । त्यसैले विजयी पक्ष लोकतन्त्रसँग बढी सन्तुष्ट हुनु स्वाभाविक हो । यद्यपि, आश्चर्यजनक वा चिन्ताजनक दृष्टिकोण यो हो कि जितेका राजनीतिज्ञले चुनावी निष्ठालाई कति हदसम्म सहन्छन् ( कम्तीमा उनीहरूको लोकतान्त्रिक सन्तुष्टिको सन्दर्भमा) । माथि देखाइएझैं जब कुनै देशमा चुनावी निष्ठा कम हुन्छ, पराजित राजनीतिज्ञ विजेताभन्दा लोकतन्त्रप्रति धेरै कम सन्तुष्ट हुनेछन् । तर, जब चुनावी निष्ठा उच्च हुन्छ, जित्ने वा हार्ने राजनीतिज्ञबिच कुनै उल्लेखनीय भिन्नता हुँदैन । विजेता र हार्नेहरूको लोकतान्त्रिक सन्तुष्टिबिचको भिन्नता समस्याग्रस्त छ, तर सबैभन्दा चिन्ताजनक कुरा के हो भने लोकतन्त्रसँग विजेताहरूको सन्तुष्टि चुनावी निष्ठाका विभिन्न स्तरमा उल्लेखनीय रूपमा परिवर्तन हुँदैन ।

नागरिकहरूको चर्चा गर्दा अघिल्लो अनुसन्धानले देखाएको छ कि जब चुनावी निष्ठा कम हुन्छ, नागरिकमाझ लोकतान्त्रिक सन्तुष्टि पनि कम हुन्छ, चाहे उनीहरूको मनपर्ने राजनीतिज्ञ वा राजनीतिक दलले जिते वा हारेका किन नहुन् । त्यसैले राजनीतिज्ञहरू आफ्ना नागरिकभन्दा फरक हुन्छन्, जित्नेहरू न्यून चुनावी निष्ठाप्रति धेरै सहनशील हुन्छन् (कम्तीमा उनीहरूको लोकतान्त्रिक सन्तुष्टिको हिसाबले) ।

स्वतन्त्र र निष्पक्ष चुनाव भएको स्थिर लोकतन्त्रमा यसले धेरै फरक नपार्न सक्छ । यद्यपि, यदि कुनै देशले लोकतान्त्रिक पतन अनुभव गर्न थाल्छ भने यी मनोवृत्ति हानिकारक हुन सक्छन् । यदि जित्ने राजनीतिज्ञ चुनावी निष्ठाप्रति चिन्तित छैनन् भने उनीहरूमा चुनावी प्रक्रियामा परिवर्तन गर्न आवश्यक उत्प्रेरणाको अभाव हुन सक्छ । यस्तो परिस्थितिमा चुनावी प्रक्रियाबारे चिन्तित व्यक्तिले परिवर्तनलाई प्रोत्साहन गर्न वैकल्पिक मार्ग वा प्रोत्साहन खोज्नुपर्ने हुन सक्छ ।

जित्ने र हार्नेबिचको भिन्नता निराशाजनक हुन सक्छ, तर वैचारिक वामपन्थी र दक्षिणपन्थीबिच धेरै समानता छन् । चुनाव व्यवस्थापन गर्न पर्याप्त स्रोत भएका निर्वाचन व्यवस्थापन निकाय वामपन्थी र दक्षिणपन्थी राजनीतिज्ञ दुवैका लागि उनीहरूको लोकतान्त्रिक सन्तुष्टिको हिसाबले महत्वपूर्ण छन् । यद्यपि, माथि देखाइएझैँ चुनाव व्यवस्थापन गर्न पर्याप्त स्रोत हुनु वैचारिक दक्षिणपन्थी राजनीतिज्ञका लागि बढी महत्वपूर्ण छ । यसले केही पाठकलाई विगतका दाबी दिएर अचम्मित पार्न सक्छ कि दक्षिणपन्थी झुकाव भएका समूह वा व्यक्तिले थप प्रतिबन्धात्मक मतदान प्रक्रिया र कानुनको वकालत गर्न सक्छन् ।

लोकतान्त्रिक स्थिरतासँग सम्बन्धित व्यक्तिका लागि यो कुरा ध्यान दिनु आशाजनक छ कि वैचारिक क्षेत्रका राजनीतिज्ञ सामान्यतया लोकतन्त्रप्रति बढी सन्तुष्ट हुनेछन्, जब चुनाव व्यवस्थापन गर्न धेरै स्रोत हुन्छन् । समग्रमा, राजनीतिज्ञहरू औसतमा लोकतन्त्रसँग बढी सन्तुष्ट हुन्छन्, जब यसले राम्रोसँग काम गरिरहेको हुन्छ वा जब चुनाव स्वतन्त्र र निष्पक्ष हुन्छ, जब निर्वाचन व्यवस्थापन निकायसँग चुनाव व्यवस्थापन गर्ने क्षमता हुन्छ । लोकतन्त्रको वर्तमान विश्वव्यापी अवस्था वरपरको चिन्तालाई मनन गर्दा यो राम्रो समाचार हो ।

यद्यपि, क्यानडा र विदेशमा रहेका नीति निर्माता र अभ्यासकर्ताले लोकतान्त्रिक स्थिरता र चुनावमा ध्यान केन्द्रित गर्दै यी निष्कर्षलाई ध्यान दिनुपर्छ । सबै कुरा उद्देश्यअनुसार काम गरिरहेका वेला लोकतान्त्रिक देशमा राजनीतिज्ञको मनोवृत्ति चिन्ताजनक नहुन सक्छ, तर यदि लोकतान्त्रिक प्रक्रिया कमजोर वा असफल हुन थाल्यो भने चुनावी अखण्डताप्रति विजेताको उदासीनता समस्याग्रस्त हुन सक्छ । विश्वभर लोकतन्त्रको वर्तमान अवस्थाबारे बढ्दो चिन्ताको यस घडीमा अनुसन्धानकर्ता र अभ्यासकर्ताले हाम्रो सरकार प्रणालीको नेतृत्व गर्ने मानिसको मनोवृत्ति र प्रेरणालाई राम्रोसँग बुझ्न आवश्यक छ ।

द कन्भर्सेसनबाट