मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 20 August, 2025
Invalid date format १८:५o:oo
Read Time : > 1 मिनेट
समाचार

रास्वपाले थाल्यो सीमा नाकामा हस्ताक्षर संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५o:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिमका प्रमुख सीमा नाका त्रिनगर र गड्डाचौकीमा हस्ताक्षर संकलन सुरु गरेको छ । पार्टी सभापति रबि लामीछानेमाथि सरकारबाट राजनीतिक प्रतिशोध भएको भन्दै त्यसको विरोधमा रास्वपाले नाकामा भारतबाट फर्कने नेपालीको हस्ताक्षर संकलन गर्न थालेको हो । त्यसका लागि नाकामा डेस्क राखिएका छन्।

अभियानका संयोजक दीपक बोहराले भारतबाट फर्कने नेपालीलाई पनि सभापति लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भनेर बुझाउन नाकामा हस्ताक्षर संकलन सुरु गरिएको जानकारी दिए । धनगढीमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संयोजक बोहराले हस्ताक्षर संकलन अभियानको दोस्रो चरणअन्तर्गत अहिले सीमा नाकासँगै गाउँघरसम्म पुगेको र सरकारको प्रतिशोधबारे जनतालाई जानकारी गराउन लागेको बताए ।  

चाडबाडका वेला भारतबाट काम गरेर स्वदेश फर्कने नेपालीको घुँइचो लाग्ने गर्छ । दुई वर्षयता चाडबाडका बेला रास्वपाले यहाँका प्रमुख नाकामा सहायता कक्ष सञ्चालन गर्दै आएको थियो।

रास्वपाले यसअघि विभिन्न ठाउँमा डेस्क राखेर हस्ताक्षर संकलन गरेको थियो । ‘हाम्रा शुभेच्छुकहरू फाराम लिएर हस्ताक्षर गर्न नपाएकाहरूको घरघरमा पुगी हस्ताक्षर लिनु हुनेछ,’ संयोजक बोहराले भने, ‘तेस्रो चरणअन्तर्गत डिजिटल माध्यमबाट देशविदेशबाट हस्ताक्षर गर्न आव्हान गर्ने छौँ ।’

उनले हस्ताक्षरकर्ताको नाम, ठेगाना, फोन नम्बर र इमेलसमेत राख्ने गरिएको जानकारी दिए । यो अभियानमा हालसम्म ३४ लाखभन्दा बढीले हस्ताक्षर गरिसकेको रास्वपाको दावी छ । 

रावस्वपाले बुधबार अत्तरियामा पनि हस्ताक्षर संकलन गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा हस्ताक्षर अभियानका सचिव प्रमोद न्यौपानेले रास्वपाको उदय ठूला दलका लागि टाउको दुखाइको विषय बनेको बताए । रास्वपाले ६ महिनामै पाएको १२ लाख मत र संसदमा देखाएको जबरजस्त उपस्थितिका कारण ठूला दलको प्रहार रास्वपामाथि भएको बताए ।

रास्वपाका नेता रमेश प्रसाइले पार्टी सभापति लामिछानेमाथि सरकारले कानुनी अत्याचार गरेको आरोप लगाए । समाजका सबै क्षेत्रका व्यक्तिले पनि यही भनिरहेको उनले बताए । प्रसाइले हस्ताक्षर संकलन अभियानअन्तर्गत राजनीतिक प्रतिशोधको विषयलाई लिएर नाका तथा गाउँघरमा गएर हस्ताक्षर लिनुका साथै पार्टीका तल्ला तहका संगठनमा पनि छलफल गरिने बताए ।

छठसम्म अभियान सञ्चालन गर्ने र अभियान सकिएपछि संकलित हस्ताक्षर जनताको बिच सार्वजनिक गर्ने रास्वपाले जनाएको छ ।