मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
Invalid date format १४:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुस्ताङमा एक महिलामा डेंगु संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५१:oo

हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेंगु संक्रमण देखिएको छ। बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेंगु संक्रमण भएको हो । डेंगु संक्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिइन्।

सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेंगु रोगको संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलले जानकारी दिए। उनका अनुसार बिरामी महिला उपचारपछि घर फर्किएका छन्। 
 
साउनमा यहाँ डेंगु रोग संक्रमण देखिएको यो पहिलो घटना भएको डा. कँडेलले जानकारी दिए। यहाँ आउने पर्यटकका माध्यमबाट यहाँ डेंगु संक्रमण देखिएको उनको  भनाइ छ। यसअघि मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा आव ०८०/८१ मा चारजना तथा आव ०८१/८२ मा १७ जनामा डेंगु संक्रमण  देखिएको मुस्ताङ अस्पतालको तथ्यांकमा उल्लेख छ।