मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
दीपक भट्ट रामेछाप
२o८२ भदौ ३ मंगलबार १o:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अरिँगाल पोल्ने क्रममा रुखबाट लड्दा एकको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार १o:३७:oo

घरनजिकैको रुखमा अरिँगालले लगाएको गोलो पोल्न रुख चढेका एकजना रुखबाट लड्दा गम्भीर घाइते भएका छन् । आइतबार राति अरिँगालको गोलो पोल्न रुखमा चढ्दा लडी घाइते हुनेमा मन्थली नगरपालिका– १०, चनखुका ५४ वर्षीय प्रेमबहादुर थापामगर रहेका छन् ।

उनको अवस्था गम्भीर रहेको छ । घाइते थापामगरको शरीरको विभिन्न भागमा चोट लागेको छ । घटनास्थलबाट थापामगरको आफ्ना घरपरिवारका सदस्यहरूले उद्धार गरेका थिए । घाइते थापामगरको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि सोमबार काभ्रेको धुलिखेल अस्पतालमा लगी थप उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

घाइते थापामगरको घरनजिकैको रुखमा विगत केही महिना अघिदेखि अरिंँगालले गाेलाे बनाएर बसेको थियो । पछिल्लो केही दिनदेखि उक्त अरिँगालले हिँड्दै गरेको मानिस र पशु चौपायालाई टोक्न थालेपछि प्रेमबहादुर अरिँगालको गोलो पोल्न रुख चढेका थिए । सोही क्रममा रुखबाट चिप्लिएर लड्दा उनी गम्भीर घाइते बन्न पुगेका हुन् ।