मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
२o८२ भदौ ३ मंगलबार १o:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापको गुप्तेश्वरमा एक पुरुष मृत भेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार १o:११:oo

उमाकुण्ड गाउँपालिका– ६, गुप्तेश्वरमा सोमबार दिउँसो एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गुप्तेश्वरको जंगलस्थित खोल्सामा मृत अवस्थामा भेटिएका सोही गाउँका अन्दाजी ४० वर्षीय प्रकाश सुनुवार रहेको इलाका प्रहरी कार्यालय प्रितीले जनाएको छ ।

मृतक सुनुवारको घर पनि सोही स्थानमा रहेको र घरबाट करिब एक सय मिटर उत्तरतर्फको पाखा खोल्सामा मृत अवस्थामा उनको शव स्थानीयहरूले देखेपछि प्रहरीमा खबर गरेका थिए । 

घटनास्थल पुगेको प्रहरीले शव मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि दोलखाको जिरी अस्पताल पठाएको छ । घटना के–कसरी घटेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।