मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १ आइतबार ११:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एलजीले मनायो वार्षिकोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार ११:२८:oo

एलजी नेपालले ४०औँ वार्षिकोत्सवका अवसरमा नयाँ अभियान सार्वजनिक गरेको छ । ‘४० वर्षको ड्युरेबिलिटी’ अभियान सुरु गर्दै कम्पनीले नेपाली बजारमा आफ्नो ऐतिहासिक यात्रा र उपलब्धिको उत्सव मनाएको छ ।

यस अवधिमा एलजी इलेक्ट्रोनिक्स ब्रान्ड मात्र नभई नेपालीको दैनिक जीवनको अभिन्न साथी बनेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाली बजारमा नवीनतम प्रविधि र दीर्घकालीन प्रदर्शनसहितका टिकाउ उत्पादन उपलब्ध गराउँदै आइएको छ । अत्याधुनिक फ्रिज र वासिङ मेसिनदेखि ओएलइडी टिभी, एयर कन्डिसनर र साउन्ड सिस्टमसम्म, एलजीको प्रतिबद्धता टिकाउ प्रविधिमार्फत जीवनलाई अझ सहज, सुन्दर र समृद्ध बनाउने रहेको कम्पनीको भनाइ छ ।

अहिले यो अभियानले ग्राहकबिचको लामो यात्रालाई उजागर गरेको र आगामी दिनमा पनि नवप्रवर्तनलाई निरन्तर अघि बढाउँदै हरेक उत्पादनलाई समयको परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने योजना कम्पनीको छ । कम्पनीका ब्रान्ड प्रबन्धक मुकेशकुमार बैठाले भने, ‘नेपालमा एलजीका उत्पादन २०औँ वर्षदेखि ग्राहकले प्रयोग गर्दै आउनुभएको छ । अत्याधुनिक प्रविधि र उत्कृष्ट टिकाउपनसहितका उत्पादन निरन्तर उपलब्ध गराउने हाम्रो वाचा छ ।’