मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 16 August, 2025
Invalid date format १५:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झन्डा फहराउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, पाँच घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१३:oo

झन्डा फहराउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–१, जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारीस्वरूप सार्वजनिक स्थलमा नेपालको राष्ट्रिय झन्डा गाड्ने क्रममा उक्त फलामे झन्डाले बिजुलीको तारमा छुँदा करेन्ट लागेको हो। 

 करेन्ट लागेर घाइते भएका मेल्लेख गाउँपालिका–७, नन्देगडानिवासी १६ वर्षीय रोहित साउदको उपचारका क्रममा बयालपाटा प्रादेशिक अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए। घाइते बान्निगढी जयगढ– ६ का १८ वर्षीय समीर शाह, १७ वर्षका विनोद रावत, २० वर्षीय  बम शाह, साँफेबगर नगरपालिका–४ मुगसैनका १६ वर्षीय लबसन सुनार र रामारोशन गाउँपालिका–६, भाटाकाटियाका १६ वर्षीय शमशेर साउदको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य छ।