
राप्रपा सांसद ध्रुवबहादुर प्रधानले कुलिङ अफ पिरियड प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि सजायको भागीदार हुन नपर्ने भन्दै प्रश्न गरेका छन्।
बिहीबार प्रतिनिधिसभामा बोल्दै सांसद प्रधानले भने, ‘कुलिङ अफ पिरियड यतिजनाको आँखा छलेर भएको कार्यलाई एउटा नैतिकताको आधारले राजीनामा दिएर सबै कुरा सम्पन्न हुन्छ कि हुँदैन भन्ने कुरा विचारणीय छ।’
नियतवश गल्ती गर्ने व्यक्ति सजायको भागीदार हुनुपर्ने धारणा राख्दै उनले थपे, ‘संसदीय समितिको छानबिनपछि जुन निर्णयहरू आए, त्यस्ता निर्णयहरूमा त्यसमा नियतवश, प्रलोभनमा गरिएका कुराहरू भएमा नैतिकताको आधारले राजीनामा दिएर मात्र पुग्ने हो कि होइन ?’