
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले ललितपुर बखुन्डोलस्थित सारंग हेल्थ केयर प्रालिसँग सम्झौता गरेको छ।
सम्झौताअन्तर्गत एनआइएमबी डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरू र एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताहरूले सारंग हेल्थ केयरको स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्न सक्ने बताइएको छ।
छुट लिनका लागि ग्राहकहरुले एनआइएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले ल्याब सेवामा १० देखि १५ प्रतिशतसम्म, कल्चर तथा विशिष्ट परीक्षणमा ७ प्रतिशत छुट पाउने छन्। त्यस्तै, इसीजी, युएसजी, इको, एन्डोस्कोपी, कोलोनोस्कोपी र कोल्पोस्कोपी सेवामा पनि ७ प्रतिशत छुट पाउने बताइएको छ।