मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Saturday, 16 August, 2025
२o८२ श्रावण २९ बिहीबार १४:१३:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेमा २० प्रतिशतभन्दा बढी सवारीचालकले लागुपदार्थ सेवन गर्ने गरेको भेटियो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार १४:१३:oo

काभ्रेपलाञ्चोकमा सवारीचालकहरूले लागुपदार्थ सेवन गरे–नगरेको परीक्षणलाई तीव्रता दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा र इलाका प्रहरी कार्यालय बनेपाको आयोजना तथा जनस्वास्थ्य कार्यालय र शिर मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा परीक्षणलाई तीव्रता दिइएको हो । विभिन्न स्थानमा गरिएको परीक्षणमा २० प्रतिशतभन्दा बढी सवारीचालकले लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने गरेको पाइएको छ । 

गत साउन १ गते करिब दिउँसो १:३० बजेदेखि ३ बजेसम्म काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका– ५, आइटी पार्कअगाडि बनेपा–पनौती सडकखण्डमा इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेको प्राविधिक सहयोगमा सार्वजनिक तथा निजी सवारीसाधनहरूलाई रोकी चालक तथा सहचाकको स्वास्थ्य परीक्षण गरिएको थियो। लागुपदार्थ सेवन गरे–नगरेको ४० जना चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गर्दा आठजनाले सेवन गरेको रिपोर्ट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यो संख्या भनेको २० प्रतिशतले लागुपदार्थ सेवन गरेको भन्ने हो । उनीहरूलाई पक्राउ गरी लागुऔषध सेवनमा प्रहरीले थप अनुसन्धान थालेका थिए । 

त्यसरी नै साउन २७  गते काभ्रेपलाञ्चोक जिल्लाको बनेपा– १४, साँगास्थित अरनिको राजमार्ग सडकखण्डमा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रे, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको आयोजना तथा शिर मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा ४० जना सवारीचालकहरूलाई लागुपदार्थ सेवन गरे–नगरेको परीक्षण गर्दा नौजनाले सेवन गरेको पाइएको प्रहरीको भनाइ छ । यसपटक २० प्रतिशतभन्दा बढीले सेवन गरेको पाइएको हो । 

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार बा.२ख ६६६९ नम्बरको बसचालक काभ्रे जिल्ला पनौती– ५ का ३१ वर्षीय ध्रुव महत, बा.३ख ५५० नम्बरको पनौती–काठमाडौं चल्ने बसको  सहचालक सोही जिल्ला जिल्ला बनेपा– १३ का २८ वर्षीय मिलन थापामगर, बा.३ख ५५० नम्बरको बसचालक पनौती– ४ का ४० वर्षीय राजेश बस्नेत, बा.३ख ६९८१ नम्बरको बस सहचालक सिन्धुली जिल्ला मरिन गाउँपालिका– ८ का २८ वर्षीय रोशन लामा, बा.४ख २२२३ नम्बरको बसको चालक काभ्रे जिल्ला बनेपा नगरपालिका– १२ का ३१ वर्षीय किशोर केसी, बा.प्र.०३–००३ क ४७२५ नम्बरको टिपरचालक सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका– ७ का २६ वर्षीय सुवास चौलागाईं, बा.५ख ३७०२ नम्बरको पनौती–काठमाडौं चल्ने बसको सहचालक सिन्धुली जिल्ला खनियाखर्क गाउँपालिका– ५ का ३२ वर्षीय विजय थापा र बा.१९च २३७३ नम्बरको सुमोचालक मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका– ३ का वर्षीय ३७ वर्षीय नवीन ठकुरीले लागुपदार्थ सेवन गरी सवारीसाधन चलाएको पाइएको हो।

त्यसरी नै दोस्रोपटक गरेको परीक्षणमा नौजनाको रिपोर्ट पजिटिभ आएको थियो । बा.प्र.०१–००६ ख ७५१७ नम्बरको महानगर यातायात बसको चालक धादिङ जिल्ला धुनीबेँसी गाउँपालिका– ९ का ३२ वर्षीय सुनील तामाङ, बा.प्र.०१–००६ ख  ७५२१ नम्बरको महानगर यातायात बसका चालक मकवानपुर जिल्ला थाहा नगरपालिका– ६ का २८ वर्षीय पुष्कल श्रेष्ठ, बा. ५ ख ७५३८ नम्बर महानगर यातायातको बसचालक धादिङ जिल्ला गजुरी गाउँपालिका– ४ का २४ का मदन भुजेल, बा.२ख १९२१  नम्बर काभ्रे पुन्यमाता बस समितिको बसचालक काभ्रे जिल्ला बेथानचोक गाउँपालिका– ७ का ३७ वर्षीय कुमार पराजुली, बा.५ख २६३९ नम्बरको काभ्रे पुन्यमाता बस समितिको बसचालक काभ्रे जिल्ला पनौती नगरपालिका– ७ का ३० वर्षीय सञ्जय मानन्धर, बा.प्र.०१–००६ ख ७५२५ नम्बरको महानगर यातायात बसको चालक चितवन जिल्ला राप्ती नगरपालिका– १२ का ३२ वर्षीय सुरेश वि.क., बा.५ख ४४३२ नम्बरको मयुर यातयात बसको चालक बर्दिया जिल्ला राजापुर नगरपालिका– १० का ३० वर्षीय महेश चौधरी, बा.५ख ५३९९ नम्बरको मयुर यातायात बसको चालक मकवानपुर जिल्ला चुरेमाई गाउँपालिका– २ का ३५ वर्षीय प्रदीप कुइँकेल र बा.४ख १०७ नम्बरको महानगर यातायात बसको चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका– १ का २६ वर्षीय केदार माझीले लागुपदार्थ सेवन गरेको पाइएको प्रहरीले जानकारी दिए । 

लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने चालकहरूलाई पक्राउ गरी जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानपश्चात् अदालत बुझाएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । अदालतले लागुपदार्थ सेवनसम्बन्धी मुद्दा चलाएको र अघिल्लोपटकको चालकहरू धरौटीमा रिहा भएको र पछिल्लोपटक पक्राउ परेका चालकहरूको थप अनुसन्धान भइरहेको उनको भनाइ छ । काभ्रे जिल्ला हुँदै बिपी राजमार्ग, अरनिको रामार्ग र स्थानीय बनेपादेखि काठमाडौं, पनौतीदेखि काठमाडौं र धुलिखेलदेखि काठमाडौं यात्रा गर्ने सवारीसाधनको चालकहरूमा पिसाबमार्फत लागुपदार्थ सेवन परीक्षण गरिएकाे थियाे ।