Skip This
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुललाई ३ प्रश्न
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २७ मंगलबार १o:५६:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १o:५६:oo

भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान किन गराउन सकिएन ?
यसमा हाम्रो तर्फबाट कुनै समस्या छैन । हामीले विमानस्थलका लागि आवश्यक सम्पूर्ण काम गरिसकेका छौँ । काठमाडौंकै लेभलको विमानस्थल तयार भएको छ । त्यसका सम्पूर्ण भौतिक संरचना, अपरेसनल पाटो तथा भिजिबिलिटीजस्ता सम्पूर्ण पक्ष व्यवस्थित भइसकेका छन् । हामीले नयाँ–नयाँ विमान कम्पनीलाई भैरहवाबाट उडान गराउन ‘डिस्काउन्ट प्याकेज’ पनि दिएका छौँ । सुरुदेखि डिस्काउन्टकै कारण हामीले भैरहवाबाट भएका उडानबाट एक पैसा पनि कमाएका छैनौँ, उल्टै काठमाडौंको कमाइ त्यहाँ खर्च गर्नुपरेको छ । त्यहाँ उडान गराउन यात्रु नै भएनन् । विमान उड्न यात्रु मात्र भएर पनि पुग्दैन । यात्रुका लागि आवश्यक सम्पूर्ण सुविधा चाहिन्छ । इमिग्रेसन, कस्टम, क्वारेन्टाइन, श्रमलगायत सुविधा त्यहीँ उपलब्ध हुनुपर्छ । तर, यस्ता कैयौँ कामका लागि काठमाडौं नै धाउनुपरेपछि यात्रु फर्केर किन भैरहवा फर्किन्छ त ? यो सबै पोखरा र भैरहवा विमानस्थल ‘इन्डिपेन्डेन्ट’ नहुनुको परिणाम हो । यसका अतिरिक्त एयर रुटको विषय पनि छलफलमै छ । अहिले सिमराको आकाशबाट नेपाल प्रवेश गरेर भैरहवा र पोखरासम्म जानुपर्ने अवस्था छ । यसले पनि विमान कम्पनी त्यता आकर्षित नभएका हुन् । 

नियमित उडान गराउन संघर्ष समिति नै बनाइएको रहेछ नि ?
दबाब समूह सिर्जना हुनु सकारात्मक नै हो । तर, दबाब समूह हुँदैमा सबै काम फटाफट हुन्छन् भन्ने छैन । क्यानले विमान नपठाएको होइन । माथि भनिएका विषयमा सुधार हुनासाथ यात्रु पनि हुन्छन् र विमान पनि भैरहवा र पोखरा जान्छन् । 

भैरहवा र पोखरामा नियमित उडान गराउन क्यान के गर्दै छ ?
हामी राज्यले दिएको जिम्मेवारी पूरा गर्न रातदिन लागिपरेका छौँ । हाम्रा तर्फबाट कुनै कसर छाडेका छैनौँ । दुवै विमानस्थलबाट छिटै नियमित उडान गराउन हाम्रो प्रयास जारी छ ।